रुस पठाउने गिरोह सक्रिय

russiaकाठमाडौं- भारतीय र पाकिस्तानीको सेटिङमा नेपाली युवालाई अवैधरुपमा रुस पठाउने गिरोह काठमाडौंमा सक्रिय देखिएको छ ।

रुसको राजधानी मस्कोमा राम्रो काम र आकर्षक तलब पाउने प्रलोभनमा नेपाली युवा ठगिन थालेका छन् । पछिल्लोपटक कामका लागि रुस हिँडेका बौआगुम्बा पाल्पाका हुमबहादुर राना र दिनबहादुर रानालाई मस्कोस्थित अध्यागमन कार्यालयले फर्काइदिएपछि यसबारे खुलेको हो । रानाद्वय नजिकका नातेदार हुन् ।

उनीहरुले भारतको राजधानी मस्कोमा रहेको एजेन्टले आफूहरुलाई फसाएको बताए पनि काठमाडौंमा उनीहरुको सेटिङ मिलाइदिने व्यक्तिबारे भने बताउन चाहेनन् । उनीहरुलाई काठमाडौंबाटै दलालले नयाँदिल्ली र मस्कोमा कनेक्सन गराएका थिए।