बालुवाटार घेर्‍यो गठबन्धनले

1463392914230_160516_2068-1024x683[1]काठमाडौं- संघीय गठबन्धनले मंगलबार प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेको छ ।

गठबन्धनले सिंहदरबारपछि वालुवाटारलाई निशाना बनाएको हो । सिंहदरबार घेराऊ गर्ने कार्यक्रम अन्तर्गत माइतीघर मण्डला र हनुमान स्थानमा कब्जा गरी दुई दिनदेखि धर्ना प्रदर्शन गर्दै आएको गठबन्धनले मंगलबार बिहान १० बजेदेखि प्रधानमन्त्री निवास वालुवाटार घेराउन गरेको हो ।

आन्दोलनको स्वरुप र स्थान परिवर्तन गर्दै गठबन्धनले सिंहदरबारपछि वालुवाटार घेर्न लागेको गठबन्धनले जनाएको छ । गठबन्धनमा आबद्ध २९ दलका सबै नेता कार्यकर्ताहरुले मंगलबार वालुवाटार घेराउमा उपस्थित भएका छन् ।

माग सम्बोधन गराउन प्रधानमन्त्री केपी ओलीमाथि प्रत्यक्ष र प्रभावकारी दबाव दिन प्रधानमन्त्री निवास वालुवाटार घेराऊ गर्न लागिएको गठबन्धनले जनाएको छ ।