इन्डोनेसिया, १५ असार । इन्डोनेसियामा मङ्गलबार एक सैनिक विमान दुर्घटना भएको छ । सहरको आवासीय इलाकामा भएको सो दुर्घटनामा परी कम्तीमा बीस व्यक्तिको मृत्यु भएको जनाइएको छ । सुमात्रा द्वीपको मेदान सहरमा भएको यस दुर्घटनामा आकस्मिक सेवा उद्धारका लागि जम्मा भएका जनाइएको छ । सैनिक स्रोतले सुरुमा सो विमानमा चालकदलका सदस्यसहित १२ जना व्यक्ति मात्र सवार जनाएको थियो । तर पछि प्राप्त अर्काे एक समाचारमा सो विमानमा दुर्घटनामा परी २० व्यक्तिको मृत्यु भएको जनाइएको छ । तर सो विमानमा के कति व्यक्ति सवार रहेका थिए भन्नेबारेमा प्रष्ट भएको छैन ।
हालसालै मात्र बनेको आवासीय इलाकामा सो विमान दुर्घटनाग्रस्त भएको थियो । वायुबल शिविरबाट स्थानीय समयाअनुसार १२:०८ बजे उडेको सो विमान दुई मिनेट पछाडि दुर्घटना भएको जनाइएको छ । सो दुर्घटना शिवीरबाट पाँच किलोमिटर टाढा भएको बताइएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार सो विमानमा तीन चालक, एकजना पथप्रदर्शक र आठ जना प्राविधिकहरू रहेका जनाइएको छ ।
इन्डोनेसिया पछिल्लो समयमा विमान सुरक्षाको लागि कमजोर हुदै गएको पाइएको बताइएको छ । गत डिसेम्बरमा पनि इन्डोनेसियाको सुराबायाबाट सिङ्गापुरतर्फ उडेको एक विमान दुर्घटना हँुदा १६२ व्यक्तिको मृृत्यु भएको थियो ।
सैनिक विमान दुर्घटनामा २० को मृत्यु






