चार्ल्टन समाज यूकेले नयाँ बर्ष विशेष कार्यक्रम गर्दै, यस्ता छन् आकर्षण ?

लण्डन । चार्ल्टन नेपाली समाज यूकेले नेपाली नयाँ बर्ष २०८० विशेष कार्यक्रम गर्ने भएको छ । समाजले नेपाली नयाँ बर्षको अवसरमा ९ अप्रिल आईतबार साझँ ६ बजे देखी ११ बजे सम्म मेरिडियन स्पोर्टस क्लवको सभाहलमा भब्य कार्यक्रम गर्ने कार्यवहाक अध्यक्ष प्रकाश कंडेलले लण्डन नेपाल न्यूजलाई जानकारी दिए ।
कार्यवहाक अध्यक्ष प्रकाश कंडेलले कार्यक्रममा नेपालका राष्ट्रिय चर्चित कलाकारले लाइभ प्रस्तुति दिनेछन्। स्वादिष्ट खाना र  म्युजिक सिस्टम हेम बिष्टको डिजेमा रम्ने कार्यक्रम भएकाले उपस्थित भई मनोरञ्जन लिन आग्रह गरेका छन् ।

यसैबीच गत ११ फेब्रुअरी आईतबारका दिन प्रकाश कण्डेलको अध्यक्षतामा बसेको मिटीङमा प्लमस्टिड स्थित पशुपतिनाथ मन्दिरमा शिब लिङ्ग स्थापित निर्माणर्थ सहयोगको लागी चार्ल्टन नेपाली समाजको तर्फ बाट ५०३ पाउण्ड सहयोग गर्ने निर्णय गरेको छ।कार्यक्रममा उपस्थित भएर मनोरंजन लिनका लागि टिकट दर बयस्कको लागी १५ पाऊण्ड तथा ६ बर्ष देखी माथी ११ बर्ष सम्मका लागी १० पाऊण्ड र ५ बर्ष मुनीकाको लागी फ्री को ब्याबस्था गरिएको छ