सिड्नी । रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाले सत्सगं एवम् भक्ति सगींत साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
सकारात्मक सोँचबाट मनलाई सुख, शान्ति राख्ने उपाय तथा जीवन जीउने कला सहित उत्प्रेरणात्मक ज्ञान सीप प्राप्त गरी ईश्वरीय साक्षरता कसरी प्राप्त गर्न सकिन्छ भन्ने मुख्य उद्धेश्य राखेर न्यू साउथ वेल्स सिड्नीको रकडेल स्थित झरना फगंसन सेन्टरमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम पण्डित प्रकाश ढोडारीको स्वस्तीबाचन पश्चात सुरु भएको थियो । रुपन्देही सामाजिक सञ्जालका अध्यक्ष मुक्तिराम पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रम उपाध्यक्ष दिवाकर काफ्लेको स्वागत मन्तव्य र महासचिव रञ्जिता भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि व्यासचन्द्र भुवन गुरुङले कर्मभुमी अर्थात परदेशमा बसेर पनि जीवनलाई सुख शान्ति र ईश्वरीयता कसरी प्राप्त गर्न सकिन्छ भन्ने ज्ञानमूलक सन्देश प्रवाह गर्दै सारगर्भिक भक्ति सगींत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विशिष्ट अतिथि एवम् न्यू साउथ वेल्स राज्यका अवैधानिक महावाणिज्यदूत दिपक खड्काले यस्तो प्रकारका कार्यक्रमले नैतिक शिक्षाका साथमा ज्ञानज्ञुनका विषयमा जानकारी भई जीवन जगतलाई बुझ्न र हाम्रो सनातन धर्म, संस्कार संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सञ्जालका संरक्षकहरु राज खनाल, कृष्ण गैरे र ईश्वर पोखरेलले समाजमा विभिन्न क्षेत्रबाट योगदान पुर्याउने व्यक्तिहरु क्रमशः एनआरएनए युएसएका पूर्व कोषाध्यक्ष एवम् अनेसासका ट्रष्टी चेतबन्धु पोखरेल, न्यू साउथ वेल्स राज्यका अवैधानिक महावाणिज्यदूत दिपक खड्का, पण्डित प्रकाश ढोडारी, सनातन समाज अस्ट्रेलियाका संरक्षक एवम् फेन्काका अध्यक्ष डा.कृष्ण हमाल, साहित्यिक श्रष्टा विदुर सापकोटा, महिला सामाजिक अभियान्ता जानकी पौड्याल लगायतलाई खादा ओढाएर सम्मान व्यक्त गरेका थिए ।
समाजका अध्यक्ष मुक्तिबाबु पोखरेलले जीवन हरेक आरोह अवरोहमा मान्छेलाई प्रवासमा बसेर पनि नेपाल प्रतिको धार्मिक सहिष्णुता, सनातन धर्म र नेपाली भएर नेपाली संस्कृति जोगाउन विदेशमा रहेर पनि केही योगदान पुर्याउन सकिन्छ भन्ने उद्धेश्य राखेर कार्यक्रम आयोजना गरिएको लण्डन नेपाल न्यूजसगं बताए ।
कार्यक्रममा नेपाल अभिभावक सघं रकडेलका अभिभावक, समुदायका अगुवा, संस्थाका सल्लाहकार, पदाधिकारी, सदस्यहरु एवम् भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा तवला वाद्यवादकको रुपमा कृष्ण सुवेदीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रमलाई नमस्ते ज्वेलर्स वल्र्ड एजुकेशन एण्ड माईग्रेशनले सहयोग गरेका थिए ।






