लण्डनमा नेपाली भाषी बर्मेलीको विरोध प्रदर्शन

लण्डन ।म्यान्मारमा जारी सैन्य दमन र हिंसाको खबरले मुलुकको पूर्वी सीमान्त सहरमा बस्ने बर्मेली–नेपाली चिन्तामा छन् । ‘ सेनाले सत्ता हत्याएको विरोधमा देशभित्र मात्रै हैन, विदेशमा पनि विरोध प्रदर्शनहरू हुन थालेका छन्।बिहीवार लन्डनस्थित पार्लियामेन्ट स्क्वायरबाहिर नेपाली मूलका लगायत सैयौँ बर्मेलीहरूले म्यान्मारको सेनाले सर्वसाधारण जनताको हत्या गरेको भन्दै विरोध प्रदर्शन गरे।

लन्डनमा भेला भएका बर्मेलीहरूमा नेपाली भाषी बाहेक मुसलमान र अन्य समुदायका सदस्य पनि सम्मिलित थिए।

“हामी सबै बर्मामा सैनिक शासन अन्त्य होस्, हत्या हिंसा बन्द होस् र हाम्रा नेताहरूलाई रिहा गरियोस् भन्ने चाहन्छौँ,” गएको दुई वर्षदेखि आफ्ना श्रीमान् सहित ब्रिटेनमा बसोबास गर्दै आएकी पूजा पाण्डेले भनिन् ।

म्यान्मारले भिसा अवधि नथपेपछि फर्किएका एक नेपाली पत्रकारको भोगाइ म्यान्मारका सैनिक नेतामाथि प्रतिबन्ध लगाउने प्रयासमा चीनको अवरोध
म्यान्मारको स्थिति ‘नियन्त्रणबाहिर जान सक्ने, अहिलेसम्म ४३ बालबालिकाको मृत्यु”दुखी र आक्रोशित’ म्यान्मारको मोगोक सहरमा हुर्किएकी पाण्डे पनि प्रदर्शनमा सहभागी थिइन्।उनी गत फेब्रुअरी १ मा म्यान्मारको सेनाले सत्ता हातमा लिए पछि लगातार समाचारहरू हेरिरहेकी छन्।

लन्डनमा भेला भएका प्रदर्शनकारीहरुले ब्रिटेनको परराष्ट्र, राष्ट्रमण्डल तथा विकास मन्त्रालयमा एक ज्ञापनपत्र पनि बुझाएका थिए।

ब्रिटेनले एक सय वर्षभन्दा बढी समय बर्मामा शासन चलाएको थियो। सन् १९४८ मा मात्रै बर्मा (हाल म्यानमार) ब्रिटिस शासनबाट स्वतन्त्र भएको थियो।

“नेपालको जस्तै हाम्रो पनि ब्रिटेनसँग ऐतिहासिक सम्बन्ध छ । ब्रिटेन संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को सदस्य पनि हो। त्यसैले हामीले ब्रिटिस सरकारलाई म्यानमारको सेनाले गरेको ज्यादतीविरुद्ध बोल्न आग्रह गरेका छौँ,” युकेस्थित गोर्खा म्यान्मार समाजका उपाध्यक्ष नमराज ज्ञवालीले भने।

ब्रिटेनले म्यान्मारमा भएको सैनिक सत्ता विद्रोह तथा आङ सान सू ची लगायत अन्य नेताहरूको गिरफ्तारीको निन्दा गरेको छ।

उसले तीन जना वरिष्ठ सैनिक अधिकारीहरूको ब्रिटेनमा सम्पत्ति भए त्यस्तो सम्पत्ति रोक्का गर्ने घोषणा पनि गरेको छ।

यूकेस्थित रोहिङ्गीया समुदाय, कचिन कम्युनिटी यूके, यूके बर्मिज मुस्लिम एसोसिएसन लगायतका संस्थाहरूले बुझाएको एक संयुक्त ज्ञापनपत्रमा ब्रिटिस सरकारलाई म्यान्मारको सेनाले असंवैधानिक तवरबाट स्थापना गरेको सत्तालाई मान्यता नदिन, म्यान्मारको सेनालाई हातहतियार बिक्री गर्न तत्काल विश्वव्यापी रोक लगाउन पहल गर्न तथा निर्दोष जनताको थप ज्यान जानबाट जोगाउन संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्द्वारा ‘सुरक्षाको जिम्मेवारी’को सिद्धान्तलाई अनुमोदन गर्न आह्वान गरिएको छ ।

“म्यान्मारका जनतालाई एउटा क्रूर सैनिक सत्ताबाट रक्षा गर्न अन्तर्राष्ट्रिय साथ र सहयोग आवश्यक छ,” ज्ञापनपत्रमा भनिएको छ।

म्यान्मारमा फेब्रुअरीको सैनिक ‘कु’ यता भएका प्रदर्शनका क्रममा ४३ जना बालबालिका मारिएका छन् । मारिनेमा ७ वर्षीय बालिकासमेत रहेकी ‘सेभ द चिल्ड्रेन’ ले जनाएको छ ।एक स्थानीय अनुगमन संस्थाका अनुसार हालसम्म गरिएका प्रदर्शनमा मारिनेको संख्या ५३६ पुगेको छ ।