पूर्व काउन्सिलर धन किरण गुरुङको सक्रियतामा गरियो फोक्सटन क्षेत्रमा सरसफाई

लण्डन । पूर्व काउन्सिलर धन किरण गुरुङको सक्रियतामा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । आफ्नो बाटो आफैँ सफा गरौँ भन्ने उद्धेश्य सहित गुरुङको नेतृत्वमा बेलायतका विभिन्न स्थानमा सरसफाई गरिएको छ ।
मार्च १२ गते फोक्सटन एण्ड हाइट जिल्लाको चेरिटन वडामा गुरुङको नेतृत्वमा फोक्सटन नेपाली कमिटिको सहभागीतामा सरसफाई अभियान गरिएको हो ।
वातावरणीय सुन्दरता र पर्यावरण जोगाईराख्न तथा नेपाली समाज र व्रिटिस स्थानीय बासीहरुमा आपसी मेलमिलाप र सदभाव कायम राख्न सरसफाई कार्यक्रम आयोजना गरिएको गुरुङले जानकारी दिए । अभियानबाट फोक्सटन गोर्खा नेपाली समाजले आफ्नो क्षेत्रबाट स्थानीय सरकारलाई आफनो समाजको सहभागीता र अपनत्व समेत कायम गरेको उनको भनाई छ ।
अभियान्ता गुरुङले सरसफाई अभियानलाई साथ दिई सहभागी हुने सम्पूणर्लाई धन्यवाद समेत व्यक्त गरेका छन् । अभियान फोक्सटन नेपाली समाजका विभिन्न वरिष्ठ अगुवा, ज्येष्ठ नागरिक र युवा साथै केन्टकाउटी काउन्सिलर रोयर व्रिटीस लेजेन्टका प्रतिनिधि र डिस्ट्रीक वातावरण प्रमुख आदिको पनि सक्रिय सहभागिता रहेको थियो । अभियान चेरिटन हाई स्ट्रीटबाट सुरु भई फोक्सटन टाउन र मेचीनगरको मैत्री सम्बन्ध गरिएको साईन बोर्ड भएको स्थान लगायतका क्षेत्रमा गरिएको थियो ।
सरसफाई अभियान्ता एवम् पूर्व काउन्सिलर गुरुङले २०१८ साल देखि नै फोक्सटन सहरको विभिन्न क्षेत्रमा सरसफाई अभियाना सञ्चालन गर्दै आईरहेका छन् । विगत २ वर्ष देखि कोरोना महामारीका कारण भीडभाड र सामाजिक परिस्थितिलाई मध्येनजर गरी अभियान सञ्चालन हुन सकेको थिएन् । तर जनजीवन सामान्य हुँदै जान थालेपछि सरसफाई अभियान पुन सञ्चालन गरिएको हो ।