काठमाडौं– लामो समयपछि संसदीय सुनुवाई समिति गठनका लागि प्रस्ताव गरिएको छ । । सोमबार बसेको प्रतिनिधिसभामा सभामुख कृष्णबहादुर महराले संसदीय सुनुवाइ समितिमा रहेका सांसदहरूको नामावली पढेर सार्वजनिक गरेसँगै सिफारिस नामहरु अनुमोदन भएका छन् ।

सो समितिमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सात, कांग्रेसका तीन, राजपाका एक र संघीय समाजवादी फोरमका एकजना छन् । जसमा राष्ट्रियसभाबाट तीन सांसद छन् । प्रतिनिधि सभाका सांसद नेकपाबाट समितिमा रहनेहरुमा अमृता थापा, निरूदेवी पाल, पार्वत गुरूङ, पूर्णकुमारी सुवेदी, योगेशकुमार भट्टराई, शिवकुमार मण्डल केबट र सुरेन्द्र प्रसाद पाण्डे रहेका छन् ।

त्यस्तै, काङग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की, भिमसेनदास प्रधान र पुष्पा भुसाल गौतम रहेका छन् । राजपाबाट लक्ष्मणलाल कर्ण छन भने फोरमबाट. राजेन्द्रप्रसाद श्रेष्ठ रहेका छन् ।

फेसबुक कमेन्ट