लण्डनस्थित लेसटरमा अवस्थित एक कारखाना ,”यूरो दयेर्स” मा गैरकानुनी रूपमा काम गरिरहेको अवस्थामा भेटिएपछि सरकारी अधिकारीहरूद्वारा ११ जना इंडियनहरुलाई हिरासतमा लिइएको छ।
झूटो कागज बनाई काम गरिरहेको सरकारी अधिकारीहरूको भनाई छ| उनीहरूलाई अधिकृतहरूले शुक्रवार बिहान ६ को समयमा गैरकानुनी रूपमा काम गरिरहेको भेट्नुका साथै सो स्थान बाट केहि नगद बरामद गरेको बताएको छ |
“यूरो दयेर्सलाई “राहदानी वा गृह मन्त्रालयको कागजात जस्ता उपयुक्त किसिमको रोजगार-पूर्व चेकजाँच गरेको प्रमाण जुटाउन नसकेको खण्डमा गैरकानुनी कामदार £२६०,००० जरिवाना लाग्न सक्ने चेतावनीमूलक सूचना जारी गरिएको छ।
तेस्तै गरि १९ जुन मा बिलिंग हम मा अवस्थित चाइनीज़ टेक अवे “हैप्पीनेस इन “रेस्टुरेंट मा २ जना लाई पक्राउ गरेको छ |सो रेस्टुरेंट आति नै बिजी हुने बताइएको छ |
४४ वर्षका साउथ कोरियन, २३ र ३२ वर्षीय चाइनीज़ नागरिकहरुलाई गृह अद्यागमन अधिकृतहरूले शुक्रवार पक्रेका थिए। उक्त रेस्टुरेंट लाई £६०,००० जरीवाना लाग्ने बताइएको छ |
सरकारले पहिले देश-निकाला, त्यसपछि अपील, नीति अघि सार्योभ जसले अन्तर्राष्ट्रिय विद्यार्थी र अन्य आप्रवासीहरूलाई यूकेमा हुँदा नै आप्रवास सम्बन्धी निर्णयमा सबैभन्दा आधारभूत चुनौतीको पहुँचबाट वञ्चित गरेको छ। त्यसपछि लगत्तै विद्यार्थी प्रवेशाज्ञा प्रणालीमा भएको ‘दुरुपयोग’ को समाधान गरेर यसलाई ‘पूर्ण रूपमा सुधार’ ल्याउने प्रतिबद्धता र उनीहरूको नियम पालना नगर्ने कलेज र विश्वविद्यालयलाई प्रतिबन्ध लगाउने प्रतिज्ञा गरेका छन्।







