अल्बर्ट हल कार्यक्रमलाई बेलायती राज्यमन्त्रीको शुभकामना

royalalbert

लण्डन |

आगामी २८ जुन मा प्रसिद्ध रोयल अल्बर्ट हलमा हुनगइरहेको नेपालीको पहिलो संगतिक कार्यक्रमको सफलताको लागि बेलायती विदेश राज्यमन्त्री हुगो स्वायरले शुभकामना दिएका छन् ।

आयोजक हेल्प नेपाल नेटवर्क यूकेलाई राज्यमन्त्री स्वांरले पठाएको सन्देशमा , महत्वपूर्ण कार्यक्रम गर्न यूके रोजिएकोमा प्रसन्नता व्यक्त गर्दै शुभकामना दिएका हुन् । ‘उक्त सन्देश मा विनाशकारी भूकम्पले नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बेलायत सरकार र ब्रिटिश जनताले पीडितका लागि हृदय देखि सहयोग गरेको मन्त्री स्वायरले स्मरण गर्नुका साथै “बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्ष (मार्च २०१६मा) पुग्नै लाग्दा दुई देशबीच घनिष्ट सम्वन्ध र लामो मित्रता भएको यो एउटा ठूलो उदाहरण हो’, भनेका छन |

गोर्खा जिल्लाका भूकम्प पिडितहरुको सहयोगार्थ हेल्प नेपाल नेटवर्क युकेको संयोजकत्वमा नेपाली सांगीतिक जगतका चर्चित व्यक्तित्वहरु दिपक श्रेष्ठ, ओम बिक्रम बिस्ट, योगेश्वर अमात्य, दिपक थापा मगर, जेम्स प्रधान,सुजिल कर्माचार्य, तुस्र्णा गुरुङ लगायतका गायकहरुले बेलायतको प्रसिद् रोयल अल्बर्ट हलमा पहिलो पटक सांगीतिक प्रस्तुति गर्ने भएका छन् |‘भूकम्पको पीडाले सिंगै नेपाल विचलित भैरहेका बेला प्रवासमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरुसंग सुखदुख साट्न र सहयोग जुटाउन हामीले लण्डनमा यो कार्यक्रम गर्न लागेका हौं,’

आयोजकहरुले टिकट सकिनै लागेको जनाउदै बेलैमा सुरक्षित राख्न आग्रह गरेका छन् । टिकट खरीद गर्नु परेमा यो लिंक बाट गर्न सकिने जनाएका छन | थप जानकारी facebook.com/helpnepal.net बाट प्राप्त गर्न सकिनेछ।
http://www.royalalberthall.com/tickets/an-evening-for-gorkha/default.aspx#sthash.lT70sdGr.dpu