यूकेमा नेपाली फिल्ममा योगदान गर्ने कलाकारलाई अवार्ड प्रदान,को हुन् उत्कृष्ट अवार्ड पाउँने

लन्डन ।बेलायतमा थर्ड आइको तेश्रो संस्करण नेपाली चलचित्र महोत्सव सम्पन्न भएको छ। थर्ड आइको आयोजनामा गत शनिबार लन्डन ग्रीनफोर्ड टाउन हलमा आयोजित समारोहमा यूकेमा रहेर नेपाली फिल्मको प्रवर्द्धनमा योगदान गरेका कलाकारहरु रितेश चाम्स, निकेश लिम्बु, प्रेम लामा र प्रतीक दूतराजलाई अवार्ड प्रदान गरिएको छ । कलाकारहरुलाई वरिष्ठ प्रतिनिधिहरुसहितका विशिष्ट अतिथिहरुको उपस्थितिमा सो अवार्ड प्रदान गरिएको हो ।

यसैगरी नेपालबाट आएका अन्य कलाकारहरु विपना थापा, धिरेन शाक्य, निति शाह, आश्मा विश्वकर्मा, सुवानी मोक्तान, प्रताप दास, एलिस कार्कीलाई विशेष अवार्ड प्रदान गरिएको छ ।कलाकारिता क्षेत्रमा तीन दशक बढी समयदेखि क्रियाशील वरिष्ठ कलाकार सन्तोष पन्तलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो ।

बेलायत स्थित थर्ड आइको नेपाली फिल्म फेस्टिभल यूके २०२५ का लागि आयोजक कमिटीमा विकास देवकोटा, सुनिलबाबु खड्का, ओजेश सिंह, प्रजेश श्रेष्ठ, अनिल बस्नेत, सुवसिंह गुरुङ, रोमियन लिम्बु र प्रशान्त खड्का थिए ।

कार्यक्रमका प्रमुख अतिथी समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल ओबीइ र चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसी राप्रपाको प्रवास संगठन प्रवासी नेपाली एकता समाज बेलायत अध्यक्ष सोनाम शेर्पा, एनआरएनए पूर्व अध्यक्ष कुल आचार्य, युवा उद्यमी यादव भण्डारी, नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ, पत्रकार नवीन पोखरेल आयोजक थर्ड आइका तर्फबाट अध्यक्ष विकास देवकोटा, सदस्यहरु सुनिलबाबु खड्का, ओजेश सिंह, प्रजेश श्रेष्ठ, अनिल बस्नेत, सुवसिंह गुरुङ, रोमियन लिम्बु र प्रशान्त खड्का लगायतले कलाकारहरुलाई खादा, प्रमाणपत्र र ट्रफी प्रदान गरेका थिए ।

बेलायतमा थर्ड आइको तेश्रो संस्करण समापन कार्यक्रममा नेपाल चलचित्र कलाकार संघ यूके अध्यक्ष एबम नायिका रोमियन लिम्बुले बेलायतमा नेपाली फिल्म फेस्टिभल यूकेले नेपाली कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा ठूलो भुमिका खेलेको बताईन ।