सिड्नी । अस्ट्रेलियामा रहेका क्रियाशिल नेपाली पत्रकारहरुले अस्ट्रेलियामा रहेका सामाजिक अगुवा तथा नेपाली प्रतिनिधि र विभिन्न संघसंस्था बीच अन्तर्क्रिया कार्यक्रम गर्ने भएका छन् । अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एसोसिएसन (एन्जा) को आयोजनामा २७ जुन सिड्नीको रक्डेल स्थित ईन्द्रेणी फंक्सन सेन्टरमा ’मिडिया र समुदाय’ विषयक अन्तरक्रिया कार्यक्रम हुने भएको हो । कार्यक्रमले अस्ट्रेलियामा रहेका विभिन्न सांस्कृतिक र व्यावसायिक पृष्ठभूमीका व्यक्तित्वहरु र समुदायहरूलाई जोड्दै त्यसमा सञ्चार माध्यम र समुदाय दुबैको भुमिका र अपेक्षाका विषयमा एक आपसमा साझेदारी गर्ने अवसर प्रदान गर्ने एन्जा अध्यक्ष तिवारीले जानकारी दिए । एन्जाको हाल निर्वाचित कार्यसमितकोे पहिलो सामुदायिक अन्तरक्रिया समेत रहेको उनले बताए ।
अन्तरक्रियामा एन्जाले अस्ट्रेलियामा रहेर नेपाली समुदाय, यहाँको अवस्था र विभिन्न क्षेत्रमा गरिरहेका कार्यहरु जानकारी गराउने बताईएको छ । पत्रकारहरु र समुदायका अगुवाहरुबीचको अपेक्षा, नेपाली समुदायको प्रवद्र्धनका लागि हुन सक्ने कार्यहरु लगायतका विषयमा छलफल हुने बताईएको छ। कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादव, न्यू साउथ वेल्स वाणिज्यदूत सञ्जिव शर्मा, पत्रकारहरु र समुदायका अगुवाहरुबीच अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा हालसम्म भए गरेका कार्यहरुको जानकारी गराउने र पत्रकार तथा समुदायको अगुवाबीचहरुको व्यापक छलफल गरि अगाडी बढ्ने बताईएको छ ।
कार्यक्रम सम्पन्न गर्न एन्जाका अध्यक्ष कृष्ण तिवारीको संयोजकत्वमा पदाधिकारीहरु उपाध्यक्ष माधव गैरे, महासविच गणेश भट्ट, सचिव तक्दीर अधिकारी, कोषाध्यक्ष खगेन्द्र सत्याल, पब्लिक अफिसर कोम, खत्री भूतपूर्व उपाध्यक्ष प्रकाश हुमागाईँ,प्रवक्ता मिलन दाहाल, सदस्यहरु, सरल गुरुङ , विनायक अधिकारी, गोपाल छन्त्याल, केदार रायमाझी सबिन बराल लगायतको आयोजक समिति समेत बनाईएको छ । उक्त समितिले विभिन्न चरणमा एन्जा मार्फत हुने कार्यक्रम सम्पन्न गर्न सहजीकरण गरिरहेको छ ।







