सिड्नी । साउथ वेस्ट नेपलिज कम्युनिटी अस्ट्रेलियाले मिट एण्ड ग्रिट, बारबिक्यू एवम् जनचेतनामूलक कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । विलडेल पार्कमा आयोजित कार्यक्रममा अत्यधिक उत्साहजनक उपस्थिति र उल्लासमय वातावरणमा सम्पन्न भएको कम्युनिटीले जनाएको छ । १२ बजेबाट बारविक्यू सहित सुभारम्भ भएको कार्यक्रम २ बजेबाट औपचारिक रुपमा सुरु भएको थियो ।

कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । सिड्नीको नेपाली बारबिक्यू कार्यक्रममा पहिलो पटक अत्यधिक धेरै उपस्थितिका बाबजुद कार्यक्रम सम्पन्न भएको कम्युनिटीका महासचिव प्रकाश पौड्यालले जानकारी दिए । कार्यक्रममा बोल्दै लेपिटंनका संघिय सासंद नाथेन हेगेटी, क्यामडेन काउन्सिलकी मेयर एस्सली क्याग्नी, लिभरपुल काउन्सीलकी काउन्सिलर बेटी ग्रीन लगायतको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै ओएनएफ ईन्टरनेशनलका उपाध्यक्ष रमेश पाण्डे, ओएनएफ अस्ट्रेलियाका अध्यक्ष केशव जोशी, एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, पूर्व अध्यक्ष नन्द गुरुङ, पूर्व उपाध्यक्ष देव गुरुङ, रुपन्देही सामाजिक सञ्जालका अध्यक्ष दिवाकर काफ्ले, तनहुँ समाज अष्ट्रेलियाका अध्यक्ष मेघराज पौड्याल, नेपाली अगुवा ईन्द्रा वन लगायतले बोल्दै संस्थाले विभिन्न समयमा रचनात्मक कार्य गर्दै आईरहेको भन्दै जनस्वास्थ्य संग सम्बन्धित विषयहरु बारे जानकारी गराउने र एक आपसमा भाईचारा स्थापित गर्ने उद्धेश्यले आयोजित कार्यक्रम अत्यन्त महत्पूर्ण रहेको बताएका थिए ।

कार्यक्रममा लुगी ग्रेको ले मानसिक स्वास्थ्य सम्बन्धी सचेतनामूलक प्रशिक्षण समेत दिएका थिए । मानसिक रोग, मानसिक स्वास्थ्य समस्या र यसबाट बँच्न के के उपायहरु अबलम्बन गर्न सकिन्छ र मानसिक रुपमा स्वस्थ बन्न के गर्ने भन्ने विषयमा विभिन्न जानकारीमूलक प्रशिक्षण दिएका थिए । दुई सत्रमा सञ्चालन भएको कार्यक्रमको दोश्रो सत्रमा विभिन्न सागींतिक एवम् मनोरञ्जनात्मक कार्यक्रमहरु सम्पन्न भएका थिए । कार्यक्रममा कार्टुन क्रुजका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए भने विभिन्न गीत संगीतहरु समेत प्रस्तुत गरि उपस्थिति दर्शकहरुलाई मनोरञ्जन प्रदान गरिएको थियो । संस्थाका अध्यक्ष चतुर्भज खरेलको अध्यक्षता, उपाध्यक्ष बाबुराम गौतमको स्वागत मन्तव्य रहेको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधि, समाजका अगुवा लगायत स्थानीय गरी झण्डै ५ सय जनाको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन महासचिव प्रकाश पौडेलले गरेका थिए ।
कार्यक्रममा वार्डिया एडमन्सन पार्कका अध्यक्ष रञ्जित राज वन्त, अन्तराष्ट्रिय साहित्य समाज (सिड्नी)का अध्यक्ष डा. प्रकाश पौडेल, साउथवेष्ट नेपलिज कमिटीका पूर्व अध्यक्षहरु डा. देवेन्द्र सापकोटा, सुदिप ढकाल, नेपाली अभिभावक कल्याण समाज लेपिंटनका अध्यक्ष बिष्णु प्रसाद अधिकारी, ओरन पार्ककी अध्यक्ष बिद्या कार्की तथा अस्ट्रल र बार्डिया एडमन्सन पार्कका अभिभावकहरुको सामुहिक सहभागीता रहेको थियो । संस्थाका सल्लाहकारहरु नगेन्द्र अधिकारी, कञ्चन पोखरेल, दिन नारायण चौधरी, कृष्ण गैरे, भरत देवकोटा, संस्थाका प्रवक्ता चन्द्र ढकाल, सचिव कमल भण्डारी, कोषाध्यक्ष हेमा भण्डारी, पब्लिक रिलेशन अफिसर ईश्वरी खनाल, सुरेश रेग्मी, प्रदिप लामा, पुनम भुषाल, सुमन न्यौपाने, निरान्जन थापा, चन्दना पौडेल र कुमार श्रेष्ठ लगायतको सक्रिय सहभागीता रहेको थियो ।