लण्डन । बेलायतमा कोरोना संक्रमणको दोस्रो लहर शुरु भएपछि हालसम्मकै धेरै संक्रमित फेला परेका छन् ।
वितेको २४ घण्टामा ३९ हजार २७३ जना नयाँ संक्रमित फेला परेका छन् भने ७ सय ४४ जनाको मृत्यु भएको छ ।
यससँगै बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६९ हजार ५१ पुगेको छ । यस्तै संक्रमितको संख्या २१ लाख ४९ हजार ५ सय ५१ पुगेको छ ।
यूकेमा कोरोनाको स्वरुप परिवर्तन भएसँगै संक्रमण पनि तिव्र गतिमा फैलिइरहेको छ । यो संगै विश्वका धेरै मूलुकहरुले बेलायतमा आवतजावत बन्द गरेका छन् ।






