बिहानै ५ म्याग्निच्युटको भूकम्प

काठमाडौं, १४ असार । भूकम्पपछिका पराकम्पन घट्दै गएका छन् ।  आज बिहानै ५ म्याग्निच्युटको भूकम्प गएको छ । लामो समयपछि रामेछाम केन्द्र बनाएर ५ म्याग्निच्युटको भूकम्प गएको हो । त्यसले काठमाडौं सहित धेरै ठाउँमा पराकम्पनको महसुस गरिएको थियो । असार २ गते सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाई ५.१ म्याग्निच्यूडको भूकम्प गएपछि सोमबार बिहान ५ म्याग्न्च्यिूडको भूकम्प गएको हो ।
त्यस्तै गएराति भूकम्पको धक्का महसुस भएको छ । राती १० बजेर एक मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.३ म्याग्निच्यूडको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । दुर्इ दिनदेखि नेपाल केन्द्रविन्दु भएर भूकम्पको धक्का गएको थिएन । दुर्इ दिनअघि ललितपुर र दोलखा केन्द्रविन्दु भएका ४.१ र ४.२ म्याग्न्च्यिूडका भूकम्पको धक्का गएका थिए ।