नेपाल फेस्टिबल ब्रिजबेन २०२२ नोभेम्बर १३ मा हुँदै : भव्य तैयारी सुरु !

सिड्नी । नेपाली मौलिक संस्कृति र सिगों नेपालको प्रतिनिधित्व गर्ने नेपाल फेस्टिबल ब्रिजबेनको तयारी सुरु भएको छ । गैरआवासिय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले देशभरका ठुला शहरहरुमा हरेक दुइ वर्षमा नेपाल फेष्टिभल आयोजना गर्दै आइरहेको छ ।

आगामी नोभेम्बर १३ तारिखमा हुने नेपाल फेस्टिबल ब्रिजबेनबारे जानकारी दिन गैर आवासीय नेपाली सघं एनआरएनए कुईन्सल्याण्डद्धारा सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा फेस्टिबलको बारेमा विस्तृत जानकारी दिईएको थियो ।

यसवर्षको नेपाल फेष्टिबल ब्रिजवेनको मुख्य नारा सेलिब्रेटिङ डाइभरसिटी, एक्सप्लोरिङ अपरच्युनिटी अर्थात विविधतालाई आत्मसाथ गर्दै अवसरको खोजी गरौं भन्ने रहेको छ ।

ब्रिजवेनको मुटु मानिने किङजर्ज स्क्वायरमा हुने कार्यक्रममा कुइन्सल्याण्डका नेपाली संघसंस्थाहरुले समेत सक्रिय सहभागी जनाउने एनआरएनए कुइन्सल्याण्डका संयोजक बिनोद भक्त आचार्यले बताए ।

नेपाली कला संस्कृति र भेषभुषालाई झल्काउने फेस्टिबलको मुख्य आकर्षकको रुपमा रहेको नेपाल हाउसको जिम्मेवारी कुइन्सल्याण्ड नेपलिज कल्चरल सेन्टर क्युएनसिसिले लिएको छ । त्यस्तै दोस्रो पुस्ताका नेपालीलाई कल्चलर परेड र नृत्यमा सहभागी गराउने जिम्मा नेपलिज एशोसियसन अफकुइन्सल्याण्डले लिएको छ ।

कार्यक्रम सम्पन्न गर्नका लागि विभिन्न २६ वटा तैयारी समिति र उपसमितिहरु गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । नेपाल फेष्टिभलका लागि राज्य सरकारको मल्टिकल्चर अफेयरले ५ हजार र ब्रिजवेन सिटीकाउन्सिलले १४ हजार ७ सय डलर सहयोग गरेको सयोंजक आचार्यले बताए ।

कार्यक्रमको प्रचार प्रसार गरी नेपाली र अन्य समुदायका व्यक्तिहरुको उल्लेख्य उपस्थिति गराउन अष्ट्रेलियन नेपलिज जर्नलिष्ट एशोसियसन सहकार्य गरिएको छ । नगरपरिक्रममा सहित विभिन्न नेपाली संस्कृति, झाँकी प्रस्तुत हुने फेस्टिबलमा १० हजार भन्दा बढी दर्शक उपस्थित हुने आयोजकले अपेक्षा लिएको छ ।

एनआरएनए अन्तराष्ट्रिय समन्वय समिति आइसिसिका सचिव अभिमानसिहं बस्नेतले फेस्टिबल सम्पन्न गर्न र यसलाई हरेक तवरबाट सफल बनाउन आईसीसीको तर्फबाट आवश्यक सम्पूर्ण सहयोग गर्न तैयार रहेको बताए ।

नेपाल फेष्टिभल हुने स्थान किङ जर्ज स्क्वायरमा रहेको ठुलो टेलिभिजन पर्दामा नेपालबारे भिडियो प्रदर्शन गर्ने र काउन्सिलको भवनबाहिर नेपाल झल्किने लाइटिङ समेत गरिने तयारी छ ।

पत्रकार सम्मेलनमा सहभागी एनआरएनए अष्ट्रेलियाका प्रवक्ता उमेश खड्काले यो कार्यक्रम सम्पूर्ण नेपालीहरुको कार्यक्रम रहेकाले सबैको साथ र सहयोग आवश्यक रहेको भन्दै सबै आआफ्नो ठाउँबाट लाग्नुपर्ने बताए ।

एक्सपर्ट एजुकेशन एण्ड भिषासर्भिसेसले मुख्य प्रायोजन गरेको फेस्टिबलको प्लाटिनम प्रायोजकमा एबिसी ग्लोबल एजुकेशन कन्सलटेन्सी, इशान एजुकेशन र स्पेन्सर कलेज रहेका छन् ।

पत्रकार सम्मेलनको भिडियो हेर्नुहोस्