सिड्नी । अर्लउडमा रहेको गफ वाईट्लम पार्कमा नेपाली सामुदायिक स्मारक निर्माण भएको छ । नेपाली बौद्धधर्मालम्बीहरुले स्तुपाको रुपमा लिने बौद्ध स्तुपा को निर्माण गरिएको छ । सेप्टेम्बर २४ शनिवारका दिन नेपाली समुदाय तथा लोकल काउन्सिलका पदाधिकारीहरुले स्मारको सयुक्त उद्घाटन गरेका हुन् ।

कार्यक्रम औपचारिक रुपमा नेपाली लामा गुरु गेट्स लेट साम्तेनले नेपाली विधि अनुसार दियो कलसहरु स्थापना गरी धुप बत्ती बालेर सुरु गरेका थिए । ईन्डोजिनियस टिम विस्युपले आयो बालेर धुँवाको सेरोमनी गराएर दुईप्रकारका विधिबाट कार्यक्रम सुरु गरेका थिए ।

प्रमुख अतिथि महावाणिज्यदूत दिपक खड्काले नेपालीहरुको संस्कृतिहरुलाई स्वीकार गरेर स्मारक बनाउन दिएको प्रति स्थानीय काउन्सिल प्रति धन्यवाद प्रकट गर्दै खुसी व्यक्त गरे । उनले नेपालीहरुहरुले अस्ट्रेलियाका लागि पनि केही योगदान गरेका छन् भन्ने यसबाट प्रष्ट भएको बताए ।

२ बजेबाट सुरु भएको समुद्घाटन समारोह कार्यक्रममा ब्याक्सटाउन क्यान्टावरी काउन्सिलका मेयर खाल, नेपाली समुदायका प्रतिनिधिहरु र नेपाली मुलकी भर्खरै निर्वाचित काउन्सिलर भद्र वाईवा, एनआरएनए अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ,महावाणिज्यदूत दिपक खड्का,निम्फाका अध्यक्ष अरुण तामाङ लगायतको उपस्थिति रहेको थियो ।

मेयर खाल अस्फरले नेपाली समुदायले निकै महत्वपूर्ण क्षेत्रमा टेवा पुर्याईरहेको बताए । उनले नेपालीहरुले अस्ट्रेलियाबाट लाने मात्रै नभएर विभिन्न क्षेत्रमा योगदान पुर्याएको भन्दै खुसी व्यक्त गरे ।
स्तुपा बनाउने विषयमा अभियान्ता तामाङले लामो समयदेखि भन्दै आएको र काउन्सिलर भद्र वाईवा र सबैको पहलमा निर्माण गरिएको बताए । उनले यस्ता कार्यक्रमले दुई देशका समुदायबीच साम्रदायिक भावना स्थापित गरेको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई सहयोग र साथ दिने बताए ।

अभियान्ता गणेश तामाङले लामो समयदेखि सबैले प्रयास गरेको र उक्त ठाउँमा स्मारक बनाउन स्वीकृति पाउने भन्ने बित्तिकै आर्थिक सकंलन गर्न समेत खासै गाह्रो नभएको र ३० हजार पैसा दुई हप्तामै उठाएको बताए । उनले काउन्सिलको समेत सहयोगले अहिले नेपालमा जस्तै स्तुपामा गएर प्रार्थना र पितृहरुलाई सम्झन सक्ने बताए ।
उनका अनुसार क्यान्टावरी व्यांक्सटाउन काउन्सिलको सहयोग र अनुमती लिएर नेपाली समुदायहरुबाट आर्थिक सहयोग सकंलन गरी स्तुपा निर्माण गरिएको उनको भनाई छ । झण्डै ३५ हजार खर्चमा उक्त स्मारकको निर्माण गरिएको हो । अस्टेलियामा नेपाली संस्कृति तथा नेपालीपन झल्काउन स्मारकले ठुलो भुमिका खेल्ने तामाङले बताए ।
नेपाली विधि अनुसार लामाले स्मारकको औपचारिक अनावरण गर्नु अगाडी पुजा गरेका थिए । उनले बुद्धका तीनवटा सन्देशका बारेमा व्याख्या गरेका थिए । अब्रोजिनलको तर्फबाट टिम विश्वुपले धुप बालेर स्मोक सेरोमनी गराएका थिए ।
काउन्सिलका प्रतिनिधिले कार्यक्रम सन्चालन गरेका थिए ।








