तक्दीर अधिकारी, सिड्नी । सर्कल मिडियाले स्पाइनल मस्कुलर एट्रोफी नामक जटिल रोगबाट पीडित भएका बालक उस्मान अलिको लागि आर्थिक सहयोग संकलन अभियान शुरू गरेको छ ।
नेपालको तनहुँ जिल्लाको मध्यमस्तरको परिवारमा जन्मिएका उस्मानको उपचारको लागि २८ लाख डलर खर्च लाग्ने चिकित्सकहरुले बताएका छन् । उक्त रकम नेपालमा ३२ करोड भन्दा धेरै हुन्छ ।
बाबु वैदेशिक रोजगारीबाट फर्किएका छन् भने आमा घरकै काममा व्यस्त हुने उनको परिवारले उपचार खर्च धान्नै नसक्ने समस्याको कारण छोरा ग्रसित भएपछि उनको परिवारले आर्थिक सहयोगको अपिल गरेका छन् ।सोही सहयोगात्मक अभियानमा विनर सर्कलले ‘एन्जल अफ लाइफ’ प्रोजेक्ट शुरू गर्दै सहयोग जुटाउन थालेको हो ।

एन्जल्स अफ लाइफ प्रोजेक्टमा एक सय जना ‘नोबल एन्जल’ पदवी दिइएका स्वयंसेवकहरु प्रिचालन गरिने भएको छ । ती सबै नोबल एन्जलहरुले कम्तीमा एक सय डलर अर्थ संकलन गर्नेछन् । यसरी मिडियाको तर्फबाट १० हजारडलर संकलन गरी परिवारलाई हस्तान्तरण गरिने संस्थापक रोशन खतिवडाले जानकारी दिए ।एक महिनाको अवधिमा उक्त रकम संकलन गरी परिवारलाई हस्तान्तरण गरिने उनले बताए ।
मिडियाको यस काममा विनर सर्कल तास्मानिया, भिआईपी नेपाल अष्ट्रेलिया, द रोयल इभेन्ट एन्ट इन्टरटेनमेन्ट, अस्पाली, अस्ल्याण्ड, हक्स इन्साइट, एपी इभेन्ट, नेप्सिड्नी राइडर्स, कलर अफ नेपाल तथा मिडिया पार्टनरको रुपमा लण्डन नेपाल न्यूज, ट्रु खबर, प्रोजेक्ट नेप्लीज स्टोरिज रहेका छन् ।
त्यस्तै मिडियाले नोबल एन्जलको भूमिका निभाउन चाहेनहरुको लागि आवेदन समेत खुलाएको छ । यहाँ क्लिक गरी आवेदन दिन सकिनेछ । हालसम्म ५० जना एन्जलहरुले आवेदन दिइसकेका छन् । यसअघि संस्थाले यसै प्रकारको रोगले समस्यामा भएकी सियोना श्रेष्ठको लागि करिब ६ लाख रकम संकलन गरेको थियो । त्यस्तै यस अघियानमा आर्थिक सहयोग गर्नेले विनर सर्कल मिडियाको निम्न विवरणमा रकम जम्मा गर्न सकिनेछ ।
Bank: Commonwealth Bank
Name: Winners Circle Media
BSB: 062-016
ACC: 1186-7165






