लण्डन |
लण्डनस्थित मुस्लिम सोसाइटीले भूकंप पीडितहरुको लागि ३३ हजार पाउण्डको चेक हस्तांरण गरेको छ |
संस्थाका अध्यक्ष रफीक रहेमानका अनुसार उक्त चेक कृष्ण गुरुङ् लोक गुरुङ् र पत्रकार हरिकुमार गुरुङ् (काजी) लाई एक समारोहमा हस्तान्तरण गरेका थिए । कृष्ण गुरुङ्ले नेपाली टीमको प्रतिनिधित्व गर्दै हार्दिक धन्यवाद प्रकट गरेका थिए |
च्यारिटी वाल्क फर पीस नाम दिइएको उक्त कार्यक्रममा करीब पन्द्र सयको उपस्थिति रहनुका साथै प्रधानमन्त्री क्यामरुनको चिठी पढेर सुनाइएको थियो भने पूर्बमन्त्री एबं दुईजना एमपीहरु, काउन्सिलर, मेयर र प्रतिष्ठित ब्यक्तित्वहरुको उपस्थिति थियो ।






