घाना, २२ जेष्ठ । अफ्रिकीमुलुक घानाको राजधानी आक्रास्थित एक पेट्रोल स्टेसनमा भएको आगलागीमा परी १ सय ७५ जनाको मृत्यु भएपछि तीनदिने राष्ट्रिय शोकको घोषणा गरिएको छ । आगलागीको घटनापछि देशबासीको नाममा सम्बोधन गर्दै राष्ट्रपति जोन डरमानी माहम्माले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकाट गर्दै तीनदिने राष्ट्रिय शोकको घोषणा गरेका हुन् ।
घानामा लगातार मुसलधारे वर्षा भइरहेकाले पेट्रोल स्टेसनमा ओत लाग्न मानिस जम्मा भएको बेला आगलागी भएको थियो । दुईदिने भीषण वर्षाले जनजीवन अस्तव्यस्त भइरहेका बेला भएको आगलागीले आक्राबासीमा पीडा थपिएको छ ।
घानामा तीनदिने राष्ट्रिय शोक






