तमु समाज यूकेले ५० लाख संकलन गर्ने

लण्डन । नेपालका भुकम्प पिडितहरुका लागि तमु समाज यूकेले राहात संकलन कार्यलाई तिब्रता दिएको छ । समाजले शुरु गरेको अभियानमा हालसम्म ३३ हजार पाउण्ड रकमको प्रतिबद्धता आइसकेको र सो मध्य २४ हजार पाउण्ड संकलन भएको समाजका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले जनाए ।
सहयोग संकलन कार्यजारी रहेको बताउंदै गुरुङले ५० हजार पाउण्ड उठाउने लक्ष्य लिइएको बताए । उक्त रकमबाट गोर्खा, लमजुङ र कास्कीका गाउंहरुमा सहयोग पु-याइने बताइएको छ। राहातकपुएक एक वटा दुर्गम गाउंमा राहत बांड्ने योजना समाजको रहेको संस्थापक अध्यक्ष गुरुङले जनाए । पहिलो चरण्ँको राहतका लागि समाजका उपाध्यक्ष शिवचन्द्र गुरुङ यहि साता नेपाल गइसकेका छन् । समाजले लण्डनका सडकहरुमा गएर रकम संकलन गर्नुका साथै आङ्खना सदस्य, सल्लाहकार तथा शुभचिन्तकहरुबाट समेत चन्दा संकलन गरेको हो ।