फाइनलमा जोकोभिच कि मुर्रे ?

काठमाडौं, २२ जेष्ठ  । वर्षको दोस्रो ग्रान्डस्लाम टेनिस प्रतियोगिता फ्रेन्च ओपनको फाइनल प्रवेशका लागि शुक्रबार नोभाक जोकोभिच र एन्डी मुर्रेबीच प्रतिस्पर्धा हुँदैछ । विश्व नम्बर १ खेलाडी जोकोभिचले सेमिफाइनलमा फ्रेन्च ओपनको सर्वाधिक सफल खेलाडी रफाइल नदाललाई पराजित गरेका थिए ।
विश्व नम्बर ३ खेलाडी एन्डी मुर्रेले भने डेभिड फेररलाई पाखा लगाउँदै जोकोभिचसँगको भेट पक्का गरेका हुन् । प्रतियोगिताअन्तर्गत् शुक्रबारै हुने दोस्रो खेलमा जो विलफ्रेड सोङ्गाले स्टान वारिन्काको सामना गर्दै छन् ।
यस्तै, प्रतियोगितामा महिला एकलतर्फ अन्ना इभानोभिचलाई पराजित गर्दै लुसी सफारोभाबिच फाइनलमा प्रवेश गरेकी छन् । अब उनले उपाधिका लागि शीर्ष वरीयताकी सेरेना विलियम्स र टिमिया बाक्सिन्स्किीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।