लन्डन । पोर्तुगलको राजधानी लिस्बोनबाट पारी मन्तेजो पिकोइसमा एक गाडी दुर्घटना हुँदा एक नेपाली महिलाको घटनास्थल मै मृत्यु भएको छ । साथै ७ जना घाइते भएक छन् । घटनाको आधिकारिक निकायबाट पुष्टि हुन बाँकी छ ।
क्यापासिटी फर वोर्क नामक नेपालीद्वारा संचालित कम्पनीले आफ्ना कामादारहरुलाइ काममा लिएर जाने क्रममा आज बिहान सो दुखद दुर्घटना भएको हो ।गाडी चिप्लिएर दुर्घटना भएको जनाइएको छ । उनीहरू फुलमा काम गर्ने बुझिएको छ । घटनास्थलतर्फ एनआरएनए पोर्तुगलका अध्यक्ष कुबेर कार्कीको नेतृत्वमा एक टोलि जादै गरेको बुझिएको छ । घटनाको बिस्तृत विवरण आउन बाँकी छ ।






