अर्थमन्त्रीको पीएलाई जस्तापाता काण्डको प्रमाण देखाउन खोज्ने पत्रकारमाथि आक्रमण

hatpat

अर्थमन्त्री डा. रामशरण महतका स्वकीय सचिव (पीए) रमेश महतलाई जस्ता काण्ड बारे प्रश्न गर्ने पत्रकारमाथि आक्रमण भएको छ ।

भूकम्प पीडितका लागि आएको जस्ता विक्री गर्न लागेको आरोप लागेका रमेश महतले आयोजना गरेको पत्रकार सम्मेलनमा कारोबार दैनिकका पत्रकार शिव बोहराले प्रश्न गरेका थिए । सोही प्रश्नमाथि समर्थन जनाउँदै कृष्ण बोहराले आफूसँग भएको प्रमाण सुनाउन लाग्दा प्रलाद फुयाल लगायत कांग्रेस कार्यकर्ताले एक्कासी आक्रमण गरेका हुन् । रिपोटर्स क्लबमा भएको पत्रकार सम्मेलनमा पत्रकार शिव बोहरा र कृष्ण बोहरा माथि कुटपिट भएको हो । कुटाइ खाने कृष्ण बोहोरा भने एमाओवादी कविलास गाउँका अध्यक्ष हुन् ।