राप्रपाको शान्ति महायज्ञ

puja1

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भई गएको विनाशकारी भूकम्प र त्यसपछिका पटकपटकका पराकम्पन लगायत दैवी बिपत्तिबाट राष्ट्रमा आइपरेको महासंकटको घडीमा राष्ट्र कल्याणार्थ आईतवार बृहत् शान्ति महायज्ञ गरेको छ ।एकदिने महायज्ञमा १०८ ब्राम्हण, १०८ लामागुरु र ११ जना किँरात धर्मगुरुद्वारा श्रीमदभागवत पाठ, वेदपाठ, लघुरुद्री, चण्डीपाठ, नवग्रहपुजन, सवालाख महामृत्युञ्जय मन्त्र पाठ र पौने तीन करोड दीप प्रज्वलन गरिएको छ । भूकम्पबाट मृत्यु भएकाहरुको आत्माको मोक्ष प्राप्ति तथा घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना सहित राष्ट्र र राष्ट्रवासीको समृद्धि र समुन्नतिका लागि सामूहिक प्रार्थना समेत गरिएको राप्रपा नेपालका अध्यक्ष कमल थापाले जानकारी दिनुभयो । राप्रपा नेपाल परम्परागत मूल्यमान्यता, संस्कृति, रितिरिवाज एवं सनातन धर्मको रक्षाका लागि निरन्तर कृयाशील भइरहेको दलको रुपमा चिनिन्छ । शान्ति महायज्ञमा सहभागी हुन राप्रपा नेपालले विभिन्न धार्मिक संघ संस्था, स्वतन्त्र संस्थाहरु, विभिन्न राजनीतिक दल, भूकम्प पीडितहरु, नागरिक समाज, बुद्धिजीवी, पत्रकार लगायत आम जनसमुदायमा आव्हान समेत गरेको थियो।