नेकपाले सिफारिस गर्‍यो सात जना प्रदेश प्रमुखको नाम

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ । नेकपाको आज बसेको सचिवालय बैठकले सातवटै प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो ।

बैठकले अमिक शेरचन, सोमनाथ प्यासी, तिलक परियार, विष्णु प्रसाईं, धर्मनाथ यादव, शर्मिला त्रिपाठी र गोविन्द कलौनीको नाम सिफारिस गरेको हो ।

प्रदेश प्रमुखको नियुक्तिका विषयमा निर्णय लिन मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । नेकपा सचिवालय बैठकले सातै प्रदेशका लागि प्रमुख नियुक्तिका लागि सात जनाको नाम सिफारिस गरेसँगै मन्त्रिपरिषद्को बैठक सुरु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *