मिडल्यान्ड तथा क्याम्ब्रिजशेयरका नेपाली संघसंस्थाहरूको सहयोगमा राहत वितरण

belayet1

केशब भण्डारी,

लण्डन |

बेलायतका मिडल्यान्ड र क्याम्बिजशेयरका नेपाली संघसंस्थाको संयुक्त अार्थिक सहयोगमा नेपालका भूकम्प प्रभाबित पाँच जिल्लाका २१ गबिसमा २३४० घरधुरीलाई राहात बितरण गरिएको छ । शान्ति नेपाली समाज, नेपाल नामक सामाजिक संस्थाको संयोजनमा यही मे १ देखि २३ तारिखसम्म गोर्खाको मान्बु,गुम्दा, धावा, लपु, सिम्जुंग , सौरापानी, सिन्धुपाल्चोक जिल्लाको कर्थली,तेकान्पुर, मांखा, भोटेसिपा, भीमटार, तैथाली, भाँडेगाउँ, नवलपुर, सिपापोखरे,फुक्लिंग्कोट, धादिंग जिल्लाको बसेरा,छत्रे देउराली, दोलखजिल्लको पवति , तनहु जिल्लाको फुर्कोट, काभ्रेपलान्चोक जिल्लाको टुकुचा गाबिसहरूमा स्वस्थसेवा लगायत करिव ३५ लाख रूपियाको त्रिपाल, कम्बल, चामल, चिउरा, मूराइ, चाउचाउ, जस्तापाता, लत्ताकपडा जस्ता विभिन्न राहतका सामग्रीहरू बितरण गरिएको छ ।

belayet2

नेपालमा गत अप्रिल २५ मा विनासकारी भुकम्प अाई जनधनको ठूलो क्षेतीको खबर सुन्नासाथ शान्ति नेपाली समाज बेलायत, हाम्रो नेपाली समाज वेष्टमिडल्याण्ड ओल्भरहाम्टन,पिटरबोरो नेपाली समाज, सिर्जनशील लेष्टर नेपाल, नेपाली समाज नटिंघम, साझा नेपाली समाज युके ,श्री पशुपतिनाथ मंदिर बर्घिंघम, भिजन हुमानिटी मिलेर संयुक्तरूपमा नेपालमा भुकम्प पीडितहरूलाई राहत पुर्याउन शान्ति नेपाल समाज बेलायत,बर्घिंघमका अध्यक्ष काशीनाथ शर्माको संयोजकत्यमा तत्कालिन राहत सहयोग कमिटी गठन गरिएको थियो।

belayet7

यस क्षेत्रका नेपाली समुदाय एंव संघसंस्थाबाट र बेलायती समुदायबाट उल्लेख्य अार्थिक सहयोग प्राप्त भई तत्कालिन राहत पीडितसम्म पुर्याउन सफल भएकोमा सबै दातालाई धन्यवाद दिदै अब पुर्ननिर्माण र पुर्नव्यवस्थापनको लागि नेपाल राष्ट्रलाई कसरी सहयोग गर्न सकिन्छ भन्नेबारे छलफल गरेर निर्णय लिने जानकारी संयोजक काशीनाथ शर्माले गराउनु भएको छ।

belayet4

belayet5

belayet6

belayet3