कलाकार बिशाल ,दिनेश र राजद्वारा डेढ करोड सम्मको राहत वितरण

rahat1

विपत्तिका बेला आफूले जे सकिन्छ त्यही गर्नु नै मानवीय धर्म र कर्तव्य हो । यसै कुरालाई आत्मसात गर्दै कलाकार तथा निर्माता दिनेशजंग खड्का, विशाल केसी र राज खड्का यतिबेला विभिन्न स्थानका भूकम्प पीडित समुदायमाझ पुगेर राहतको मल्हम लगाइरहेका छन् । यी तिन जनाले मिलेर निर्माण गरेको चलचित्र हो “सुट” जुन चलचित्र केहि महिना अघि प्रदर्शनमा आएको थियो। सामाजिक कथा बोकेको चलचित्र निर्माण गरेको यस निर्माण युनिट अहिले निस्वार्थ समाज सेवामा लागेको छ ।

उनीहरूको यस सत्कार्यका लागि अमेरिकाको हवाईमा बस्दैआएका भोजपुरका युवा सुमन बस्नेत, दिल्लीका सचिन अग्रवाल र काठमाडौँका व्यावसायी सुरज श्रेष्ठ र सोना प्रधानले साथ दिइरहेका छन् । वैशाख १२ गतेको विनाशकारी महाभूकम्पको भोलिपल्टै उद्धार र राहतमा निस्किएका कलाकारको टोलीलाई भरसिलो साथ दिन पुगेका राहत कार्यक्रम नेपाल संयोजक सुरज श्रेष्ठ भन्छन् । श्रेष्ठका अनुसार अहिलेसम्म घाइतेलाई भारतबाट आएका चिकित्सकसहित मोबाइल अस्पतालको सेवा प्रदान गरियो भने काभे्र, गोर्खा, धादिङ र सिन्धुपाल्चोकका विभिन्न गाउँमा खाद्यान्न, औषधि, लत्ताकपडाका साथै जस्तापाता वितरण गरिसकिएको छ । यस्तै गत केहि दिन अघि अमेरिकन नागरिक रोएँनले पनि “द फोनेक्स फन्ड फर नेपाल रिलिफ ” नामक संस्था बाट सिन्धुपाल्चोकको भीमटार गाबिसका २ र ५ न ओदाका करिब ६०० घर धुरीलाई जस्तापाता तथा बिभिन्न खाद्यान्न सामाग्री वितरण गरेको थियो । यस कामका लागि दिनेश , बिशाल राज सुरजले साथ् दिएका थिए ।

यस्तै यो टिमले काभ्रेको एक्लेखेत , कुसादेबी , भंगेरी ,मंगलटार ,च्यामरेंगबेसी, सिन्धुपाल्चोकको भोदसिपा । मैनाली गाउँ ,ललितपुरको चन्दनपुर् गाबिस लगाय्ताकामा , औषधि । लत्ताकपडा । कम्बल । स्लिपिंग ब्याग, वितरण गरेका थिए । दुई लाखको सहयोग बाट सुरु गरेको राहत वितरण अहिले डेढ करोडको भईसकेको बताए यस राहत कार्यक्रमका प्रमुख बिशाल के सी ले । हामि यो राहतको साथै बिपतमा परेर ज्यान गुमाएको आफन्तहरुको टुहुरा र गरिब बच्चाहरुलाई शिक्षा दिने योजनामा पनि लागि परेका छौं” कलाकार तथा निर्माता दिनेश जंग खड्का ।