लन्डन- बेलायतमा सञ्चालनमा रहेका विभिन्न आठ विद्यालयमा सोमबार बम आक्रमणको चेतावनी आएको छ ।
बम आक्रमणको चेतावनी आएका आठ विद्यालयमध्ये एउटा पाकिस्तानी अधिकारकर्मी तथा विश्व प्रसिद्ध नोबेल पुरस्कार विजेता मलाला युसुफजाईले छात्राका लागि मात्र चलाएको एडवास्टन माध्यमिक विद्यालय पनि परेको बताइएको छ ।
यस सम्बन्धमा सम्बन्धित विद्यालयले सरकारी अधिकारीलाई तत्कालै समिति बनाई यसबारे छानबिन तथा सुरक्षाका लागि अनुरोध गरेका छन् ।
इङ्ग्ल्यान्डको वरमिङघमस्थित छ वटा विद्यालय र स्कटल्यान्डको ग्लासगोस्थित दुई विद्यालयमा उक्त चेतावनी आएको थियो ।
सुरक्षाकर्मीले यी विद्यालयमा आवश्यक सुरक्षा कडाइका साथ विद्यालय परिसरमा विस्फोटक पदार्थ भए नभएकोबारे अनुसन्धान अघि बढाइसकेको छ ।






