लन्डन । सीडनीमा प्रथम ओसेनिया बिज्ञ सम्मेलन सम्पन्न भएको छ । गैर आवासिय नेपाली संघ (एनआरएन) ओसेनिया क्षेत्रको आयोजनामा भएको सम्मेलन सम्पन्न भएको आयोजकले जनाएको छ ।
काठमाडौमा अक्टोबर १३ र १४ मा आयोजना हुने गैर आवासिय नेपाली संघको बिश्व बिज्ञ सम्मेलनमा यहाँं प्रस्तुत गरिएका महत्वपुर्ण कार्यपत्रहरुलाई समेटिने आयोजक ओसेनियाका क्षेत्रिय संयोजक धर्मराज अधिकारीले बताए ।
कार्यक्रममा युवा वर्गलाई केन्द्रित गरेर नेपाली बिध्यार्थीहरुको बिषयमा समेत केहि कार्यपत्रहरु प्रस्तुत गरिएको थियो । जसमा काउन्सिल अफ इन्टरनेशन स्टुडेन्ट अस्ट्रेलियाका केन्द्रिय अध्यक्ष विजय सापकोटाले अस्ट्रेलिया नेपाली बिध्यार्थीहरुका लागि कठिन गन्तब्य बन्दै आएको सन्दर्भमा केहि महत्वपुर्ण बिषय उठान गरेका थिए ।
यस्तै, कार्यक्रममा राजु अधिकारी डा. सिताराम घिमिरे , न्युजिल्यान्डका बाबुराजा महर्जन, अमित भट्टराइ , भुपेन्द्र केसी, डा. डिल्ली बन्जाडे डा. कुशराज श्रेष्ठ, जगदिश तिम्सीना, राम राज ओली लगायतले आआफ्ना कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रस्तुत गरिएका कार्यपत्रहरुमा ब्रिसबेनका पार्थ पराजुली र अनन्त कार्कीको नेपालको रोड सेफ्टी र ट्राफीक ब्यबस्थापन अनि डा। केशव कडेंलको आलुको आधुनिक बिउ उत्पादन र संभावना बिषयक कार्यपत्र रहेको थियो ।
कार्यक्रममा सरसफाइ सम्वन्धी बिषयमा युवा खेम शर्मा जस्ता जोशिला युवाले मुलुकको मुहार फेर्न बिषयमा आफ्नो धारणा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा अस्ट्रेलियाको लागि नेपाली राजदुत लक्की शेर्पा, कार्यक्रमका बिशेष अतिथी गैर आवासिय नेपाली संघका महासचिब बद्री केसीले संसारभर फैलिएको एनआरएन अभियान मुलुकको उन्नती र प्रगतीसँंग जोडिएको हुँंदा यस्ता बिज्ञ सम्मेलनहरुको निष्कर्षले महत्वपुर्ण उपलब्धी हासिल हुने बिश्वस ब्यक्त गरे ।






