लन्डन । मगर संघ यूकेको अध्यक्ष पदमा अनिता रानामगरले आफ्नो  उम्मेदवारी घोषण गरेकी छिन् । मगर संघ यूकेकी उपाध्यक्ष रहेकी अनिता रानामगरले छैटौं कार्यसमितीको अध्यक्ष पदमाका लागि आफ्नो उमेद्वारी घोषणा गरिकी हुन्।

गत मार्च २ मा फार्नबोरोमा सम्पन्न कार्यसमितीको बैठकमा अध्यक्ष पदमा रहेर काम गर्ने इच्छा जाहेर गर्दै आफ्नो उमेद्वारी घोषणा गरेकी हुन । रानामगर यस अघि मगर संघ स्विन्डन शाखाको उपाध्यक्ष र मगर यूकेको सांस्कृतिक बिभाग सचिव रहेर संस्थाको सेवा गरिसकेकी छिन् । सरल स्वभाव र काम गर्ने उर्जा देखेर ३ बर्ष अघि मगर संघ यूकेले उहाँलाई उपाध्यक्षको जिम्मेवारी प्रदान गरेको थियो।

उपाध्यक्षमा रहेर मगर संघको बिभिन्न कार्यक्रमहरुको सफलता पूर्वक जिम्मेवारी वहन गरेकी छिन् । सोही जिम्मेवारी वहन गरेकै कारण रानाले आगामी ६ अप्रीलमा सम्पन्न हुने छैठौं अधिवेशनबाट निर्वाचित हुने नयाँ कार्यसमितीको अध्यक्ष पदको लागी आफ्नो उमेद्वारी घोषणा गरेकी हुन्।

हग्ंकग्ंबाट समाज सेवामा प्रवेश गरेकी उनी मगर संघ हग्ंकग्ंको संस्थापक उपाध्यक्ष समेत भएर काम गरेर अनुभव लिइसकेकी छिन्। उनले स्विन्डनस्थित स्थानिय सामुदायिक संस्था नेपाली समाज विल्ट्शायरको सह(सचिव भएर काम गरेको अनुभव पनि लिएकी छिन् भने हाल उनी गोर्खा नेपाली समाज स्विन्डनको सल्लाहकार समेत छिन्।

उनको अध्यक्ष पदको दावीलाई सबैले स्वभाविक र सकरात्मक रुपमा लिएको छ। तनहुँ पुख्र्यौली घर भएकी राना अहिले परिवार सहित बेलायतको स्वीन्डन सहरमा बस्दै आएकी छन् । उपाध्यक्ष अनिता राना मगरका श्रीमान कुमार राना पनि समाज सेवामा समर्पित छन् उनि मगर संघ स्वीन्डन साखाका उपाध्यक्ष हुन ।

यसै बिच मगर संघ यूकेमा हालसम्म थर्क राना, मेजर कुलबहादुर थापा र दुत पुनले अध्यक्षता गरिसकेका छन् भने नेम थापाले ३ वर्षदेखि वर्तमान कार्यसमितिको अध्यक्षको जिम्मेवारी सम्हालीरहेका छन् । उनको कार्यकाल आउने ६ अप्रिलका दिन सम्पन्न हुन लागेको छैटौं अधिवेशनका दिन समापन हुनेछ । सोही अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने छ।

तस्बिर: मिलन तमु 

फेसबुक कमेन्ट