लण्डन । गीत-सङ्गीत सामाज परिबर्तन एबम बिकासको एक शुत्रधार हो जहाँ हरेक गतिविधिलाई समधुर माध्यमबाट पर्दामा उतारिन्छ।गाउँ-ठाउको ससस्कृती-परम्परा एबम सुन्दर नगरिलाइ चिनाउने उत्कृष्ट माध्यम पनि गीतका चटिला शब्द नै हुन।

यस्तै-यस्तै भाब र समग्र गुल्मी जिल्लाइ चिनाउने अभियान स्वरुप पछिल्लो पुस्ताका लोकपृय गुल्मेली गायक दिपक परियारले हिजो एक कार्यक्रमका बिचमा रोइला गीत श्राबजनिक गरे जस्को बिमोचन सामाजिक प्रदेश ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालले गरेका थिए।

दर्पण क्रियशनले बजार व्यावस्थापन गरेको गितमा गुल्मेली गायक दीपक परियार र स्वस्तिका पन्थको आवाज रहेको छ ।प्रेमराज खरेल र दीपक परियारको शब्द सिर्जना रहेको गितमा दिपक परियार स्वयम् ले संगीत भरेको छन, गितमा दिपेश लामाको एरेन्ज रहेको छ ।

फोर एस मिडियाको निर्माणमा रहेको गीतको म्युजिक भिडियोमा पुजा श्रेष्ठ, सुर्य खड्का, मन्जरी गौतम लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

शिव बिकको निर्देशन रहेको गितको म्युजिक भिडियोमा बिजय पोख्ररेलको छायाँकन तथा रबिन बिक र रमेश रसाइलीले गितलाई सम्पादन गरेका हुन् ।

फेसबुक कमेन्ट