रमेश पोखरेल/जेनी भट्टराई
काठमाडौं– नागरिकतामा दबाब दिन गैरआवासीय नेपाली संघ ९एनआरएनए० यूकेको एक टोली काठमाडौं आइपुगेको छ ।
कतार एयरलाइन्सबाट आएको टोली आइतबार साँझ त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको छ । एनआरएनए केन्द्रीय उपाध्यक्ष कुल आचार्यसहित नेपाल आएको टोलीमा एनआरएनए यूके प्रमुख संरक्षक मेजर रिटायर्ड डमर घले, एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी, महासचिव राजकुमार त्रिपाठी, एनआरएन यूकेका उपाध्यक्ष ललित न्यौपाने, आयरल्याण्डका पूर्वअध्यक्ष गणेश प्रसाईंलगायत नेपाल आएका हुन् ।
काठमाडौं उत्रेलगत्तै लन्डन नेपाल न्यूज डट कमसँग कुरा गर्दै प्रतिनिधिमण्डलका सदस्इहरुले संसदमा दर्ता भएको गैरआवासीय नेपाली नागरिकता सम्बन्धि विधेयकमा आफ्ना धारणाहरु राख्ने बताएका छन् ।
प्रतिनिधिमण्डलले विधेयक संसदमा छलफल हुनुअघि विभिन्न राजनीतिक पार्टीका नेता, सांसद, सरकारी प्रतिनिधि र सरोकारवाला अन्यलाई भेटेर लविङ गर्ने महासचिव त्रिपाठीले जानकारी दिए ।
एनआरएनए यूके अध्यक्ष फगामी र महासचिव त्रिपाठीले नागरिक पहलबारे हुन लागेको नेपाल भ्रमणका विषयमा एनआरएन केन्द्रीय अध्यक्ष भवन भट्टलाई जानकारी गराइसकेको बताए ।






