प्रधानमन्त्री ओली अबुधाबीमा

k|wfgdGqL Go"of{]s k|:yfg k|wfgdGqL s]kL zdf{ cf]nL ;+o'Qm /fi6« ;ª3sf] 㕍efdf efu lng g]kfnL k|ltlglwd08nsf] g]t[Tj ub}{ cfh ;fFem ;+o'Qm /fHo cd]l/sfsf] Go"of]s{tkm{ k|:yfg ug{'x'b} . t:jL/ gjLg kf}8]n /f;;

अबुधाबी – प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै न्यु योर्क जाने क्रममा हिजो राति अबुधाबी पुगे । प्रधानमन्त्री ओलीका साथमा धर्मपत्नी राधिका शाक्य पनि छिन् ।

अबुधाबी विमानस्थलमा प्रधानमन्त्रीलाई संयुक्त अरब इमिरेट्सका लागि नेपालका कार्यवाहक राजदूत सागरप्रसाद फुयालले स्वागत गरे ।

असोज ९ गते मङ्गलबारबाट आरम्भ हुने यस अधिवेशनको मूल विषय ‘संयुक्त राष्ट्र सङ्घलाई सबै जनतासँग सम्बन्धित तथा शान्ति र न्यायपूर्ण तथा दिगो समाजका लागि विश्वव्यापी नेतृत्वदायी तथा जिम्मेवारी साझेदारी गर्ने (संस्था) बनाउने’ रहेको छ ।

प्रधानमन्त्री ओलीले असोज ११ गते बिहीबार संयुक्त राष्ट्र सङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीका साथमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधामन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहेका छन् ।