उर्जामन्त्रीको नियतमाथि शंका : पौडेल

नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले माथिल्लो सेती जलविद्युत आयोजनाको परामर्शदाता रद्द गर्नुले उर्जामन्त्रीको नियतमाथि शंका उब्जेको बताएका छन् । प्रेस युनियनले बुधबार तनहुँको दमौलीमा गरेको कार्यक्रममा पौडेलले तनहुँको विकासको मेरुदन्ड मानिएको माथिल्लो सेती आयोजनाको परामर्शदाता रद्द गर्ने निर्णय उर्जामन्त्री ज्ञवालीले एकलरुपमा गरेको बताए । तर, कांग्रेस र एमालेको नेतृत्व बसेर छलफल गरी पुरानै परामर्शदाताबाट काम गराउने निर्णय गरेकाले आयोजना बन्नेमा ढुक्क हुन उनले जिल्लाबासीलाई आग्रह गरे ।