सरकारले सार्वजनिक स्थलमा धुम्रपान र सुर्ती सेवन गर्न निषेध गरेको भएपनि सरकारकै मन्त्रीले भने सार्वजनिक कार्यक्रममै सुर्ती सेवन गरेका छन् ।
धरानमा बुधबार आयोजित कार्यक्रममा कृषिमन्त्री हरि पराजुलीले सुर्ती सेवन गरेका हुन् । मन्त्री पराजुलीले मन्चमै सुर्ती माँडेर खाँदा कार्यक्रम स्थलमा हल्लाखल्ला भएको थियो । सर्वसाधारणलाई सार्वजनिक स्थलमा सुर्ती तथा धूमपान गर्न निषेध गरिएको अवस्थामा मन्त्रीले नै त्यसलाई उल्लंघन गरेको भन्दै स्थानीय बासिन्दाले आपत्ति जनाएका थिए ।
मन्चमै मन्त्रीले सुर्ती च्यापेपछि हल्लीखल्ली






