लन्डन । अफगानिस्तानको राजधानी काबुलमा आक्रमणमा ४० को मृत्यु भएको छ । एक होटलमा गत आइतबार भएको आक्रमणमा परी ज्यान जानेको सङ्ख्या ४० पुगेको स्थानीय अधिकारीले जनाएका छन् । आइतबार राजधानी काबुलस्थित इन्टरकन्टिनेन्टल होटलममा भएको आक्रमणमा परी २५ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिद मजरोहले एएएफपीलाई जनाएका छन् ।
काबुलको होटल आक्रमणमा ४० को मृत्यु






