दुबईका युवराजको मृत्यु, तीन दिन राष्ट्रिय शोक

150919044103-sheikh-

काठमाडौं, असोज ३
। दुबईका शासक शेख मोहम्मद बिन राशिद अल मकतूमका छोरा युवराज शेख राशिदको मृत्यु भएको छ । ३३ वर्षिय राशिदको ह्रदयघातका कारण शनिबार विहान मृत्यु भएको हो ।

राशिदको मृत्यु भएकोमा दुबईमा तीनदिनको राष्ट्रिय शोकको घोषणा गरिएको छ । अब राशिदका भाई दुर्बइको युवराज हुनेछन् ।

राशिदको मृत्युको शोकमा दुबईको राष्ट्रिय झण्डा तीन दिनसम्म आधा झुकाइनेछ ।  राशिद आकर्षक व्यक्तित्वका धनि थिए । उनी प्रतिभाशाली घोडसवार खेलाडि थिए ।सन् २००६ मा दोहामा भएको एशियन गेममा स्वर्ण पदक जितेका थिए । सन् २०१०मा अरबका २० सेक्सी पुरुषमा उनको नाम सामेल थियो ।

dubai-king-son