न्युयोर्क, अमेरिकाको न्युयोर्कमा रहेको ह्वाईट हिमाल ईन्टरटेण्टमेण्ट ईन्कले नेपालको भुकम्पबाट प्रभावित एक गाउंको पुर्ननिर्माण गरिदिने घोषणा गरेको छ ।
वाईट हिमाल टेलिभिजन र ह्वाईट हिमाल नेटवर्कको सन्चालक संस्था रहेको ह्वाईट हिमाल ईन्टरटेण्टमेण्ट ईन्कले एक बिज्ञप्ती जारी गर्दै नेपालको महाभुकम्पबाट आफुहरु अत्यन्तै स्तब्ध भएको जनाउंदै भुकम्पबाट प्रभावित कुनै एक गाउंको पुन निर्माण गरिदिने घोषणा गरेको हो । संस्थाका अध्यक्ष शान खड्काका अनुसार आफुहरुले नेपालको महाभुकम्पबाट अत्यन्तै प्रभावित कुनै एक गाउंका लागि तत्कालिन र दिर्घकालिन गरि पुन निर्माण गरिदिन लागेको बताए । महाभुकम्पबाट नेपालमा धेरै गाउंहरु प्रभावित भएको भए पनि आफुहरुले सकेसम्म बढि प्रभावित गाउं छानेर पुन निर्माण गर्ने योजना अगाडि सारेको अध्यक्ष खड्काले बताए ।






