दोलखामा हराएको अमेरिकी सेनाको हेलिकप्टर देखियो

दोलखामा हराएको अमेरिकी सेनाको हेलिकप्टर सम्पर्कमा नआए पनि देखिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक अजय केसीका अनुसार मंलबार दिउँसोदेखि हराएको अमेरिकी सेनाको हेलिकप्टार राति दोलखाको सुनखानी गाविसमा देखिएको उज्यालो नाईन्टी नेटवर्कले आफ्नो फेसबुक पेज मर्फत जनाएको छ ।
तर टेलिफोन सम्पर्क नहुँदा र त्यहाँ बाक्लो तुवाँलो लागेकाले हेलिकप्टर निकाल्न सकिएको छैन । दोलखामा उद्धारका लागि खटिएको अमेरिकी सेनाको हेलिकप्टर मंलबार विहान ९ बजेर १७ मिनेटमा काठमाडौंबाट उडेको विमानस्थल कार्यलयले जनाएको छ ।