शिब भण्डारी
लन्डन- बेलायतस्थित अल्डरशटमा सञ्चालन हुने ग्लोबल आईएमई बैंकको सम्पर्क कार्यालय उद्घाटन भएको छ ।
कृष्ण गुरुङले सन्चालन गरेको सो कार्यकममा रसमोर बरो काउन्सिलका मेयर सोफिया चौधरी , प्रमुख अतिथी र
राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपाल, उध्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा ग्लोबल आईएमई बैंकका सीइओ चन्द्र ढकाल र जनक शर्मा पौडेल बेलायतका लागि नेपाली राजदुत डा दुर्गाबहादुर सुवदी, एनआरएन आईसीसी उपाध्यक्ष कुल आचार्य, एनआरएन यूके अध्यक्ष योग फगामी, महासचिव आरके त्रिपाठी, ग्लोबल आइएमई बैंकका बेलायत प्रतिनिधि अमित चालिसे, आइएमईका कमल पौडेल सहित विभिन्न संघ सस्थाका प्रतिनिधिबीच बिधिबत रुपमा आइतबार ग्लोबल आईएमई बैंकको सम्पर्क कार्यालय अल्डरशटमा आयोजित एक भव्य समारोहबीच उद्घाटन भएको हो ।

११ वर्षदेखि निरन्तर सेवा दिँदै आएको सो बैंकको कूल चुक्ता पुँजी ८ अर्व ८८ करोड छ। १ सय १३ शाखा, ४ एक्सटेन्सन काउन्टर, ५७ शाखा, १ सय २७ एटिएमबाट सेवा दिँदै आएको सो बैंकले बेलायत दोस्रो बैदेशिक सम्पर्क कार्यालय हो। यसअघि सो बैंकले अष्ट्रेलियमा यस्तै सम्पर्क कार्यालयको स्थापना गरी आफ्नो सेवा दिँदै आएको छ। यसअघि सो बैंकले बेलायतबाटै बैंक अफ दी इयर २०१४ र वेष्ट इन्टरनेट बैंक २०१६ को अवार्ड जितेको थियो। करिब ८ लाख ग्राहकले कार्यरत ग्लोबल बैंकमा १४ सय कर्मचारी कार्यरत छन्।

