दोलखामा हराएको अमेरिकी विमान अझै भेटिएन

काठमाडौं : मंगलबार दिउँसो गएको शक्तिशाली भूकम्पपछि घाइते भएकाहरुलार्इ उद्धार गर्न दोलखा पुगेको अमेरिकी सेनाको विमान अझै भेटिएको छैन ।

हराएको विमानको खोजी गर्न नेपाली सेनासहितको विशेष टोली हेलिकोप्टरमा परिचालन गरिएको छ । बुधबार बिहानै सेनाको हेलिकोप्टर त्यसतर्फ गएको छ।

छ अमेरिकी सेना र दुई नेपालीसहित काठमाडौंबाट उडेको हेलिकोप्टर दोलखाको हिमाली क्षेत्रको आकाशबाट सम्पर्कबिहिन भएको थियो । बीबीसीका अनुसार अमेरिकी सेनाको युएस प्यासिफिक कमाण्डका प्रवक्ता डेभि इस्टब्राउनले हेलिकोप्टर हराएको पुष्टि गरेका छन् । उनले दोलखाको चरिकोट नजिकैबाट हेलिकोप्टर हराएको जनाउँदै हेलिकोप्टरको पछिल्लो अवस्थाबारे केही खुल्न नसकेको जानकारी दिए ।