काठमाडौं असोज ३ । यूरोपमा रहेका प्रगतिशिल संगठनहरुले आज संयुक्त विज्ञप्ती जारी गर्दै नयाँ संविधानको स्वागत गरेका छन् ।
विभिन्न २२ संगठनको संयुक्त विज्ञप्तीमा प्रवासमा रहेका नेपालीहरुकोलागी राजनैतिक अधिकार बिनाको नागरीकाता प्राप्त गर्ने बिषयलाई उपलब्धिकारुपमा लिइएको बताइएको छ ।
“नेपालको ईतिहासमा नेपाली जनताले आफैले आफ्नो अधिकार लेख्ने जस्तो महत्वपुर्ण बिषयलाई सफलतापुर्वक संपन्न गरेका छन,” विज्ञप्तीमा भनिएको छ – “हामी प्रवासमा रहेका प्रगतिशिल नेपालीहरु नेपालको संबिधान २०७२लाई हार्दिक स्वागत गर्दै नेपाल सरकारका प्रधानमन्त्रि, मन्त्रि परिषद प्रमुख प्रतिपक्ष दलका प्रमुख नेता, सभामुख, पहिलो तथा दोश्रो संबिधानसभाका संपुर्ण सदस्यहरु लाई धन्यवाद दिन चाहान्छौं ।”
विज्ञप्ती मार्फत संबिधानको लामो प्रर्खाईमा लामो समय धैर्यधारणा गरेर बस्ने देस तथा बिदेसमा रहेका संपुर्ण नेपालीमा नयां संबिधान २०७२ प्राप्ती प्रति हार्दिक सुभकामना दिइएको छ ।
विज्ञप्तीमा निम्न संठगनको ऐक्यबद्धता रहेको छ ।
सुरेन्द्र भुसाल अध्यक्ष संयूक्त नेपाली मोर्चा, यूरोप
डा. किष्ण अर्याल अध्यक्ष नेपाली जनप्रगतिशील मंच, नर्वे
चित्र सुवेदी अध्यक्ष नेपाली जनप्रगतिशील मंच, वेल्जियम
कृष्ण तिवारी अध्यक्ष नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, वेल्जियम
गम बहादुर गुरुङ्ग संयोजक तमु राष्ट्रिय मुतिm मोर्चा , युरोप
विरमान घर्तिमगर अध्यक्ष मगरात राष्ट्रिय मुतिm मोर्चा , युरोप
ईन्दिरा पौडेल का। अध्यक्ष नेपाली प्रगतिशील महिला मंच, वेल्जियम
मनिष गुरुङ्ग संयोजक नेपाली जनजाति सरोकार मंच, वेल्जियम
श्याम घले अध्यक्ष नेपाली जनप्रगतिशील मंच, स्वीजरल्यण्ड
गणेस ढकाल अध्यक्ष नेपाली जनप्रगतिशील मंच, डेनमार्क
देबी गौतम अध्यक्ष नेपाली प्रगतिशील महिला मंच, डेनमार्क
रामशरण ढकाल अध्यक्ष नेपाली जनप्रगतिशील मंच, स्वीडेन
दलराम तामागं संयोजक नेपाली जनप्रगतिशील मंच, आईरल्याण्ड
सुरेस गौतम संयोजक नेपाली समाज यूके
मान गुरु¨ संयोजक तमु राष्ट्रिय मुतिm मोचा,बेलायत
अरुण मगर संयोजक मगर राष्ट्रिय मुतिm मोर्चा, बेलायत
दिलाराम चापांगाई अध्यक्ष नेपाली जनप्रगतिशील मंच, पर्चुगल
गोबिन्द प्रसाद भण्डारी अध्यक्ष नेपाली जनप्रगतिशील मंच, ईटाली
गंगा भुषाल अध्यक्ष नेपाली जनप्रगतिशील मंच, स्पेन
धनेश घले अध्यक्ष नेपाली जनप्रगतिशील मंच, फ्रान्स
रामचन्द्र पोख्रेल अध्यक्ष नेपाली जनप्रगतिशील मंच, नेदरल्याण्ड
सागर पोख्रेल अध्यक्ष नेपाली जनप्रगतिशील मंच, जर्मनी







