फुटबलर डेभिड बेकह्याम र मोडल भिक्टोरियाको वैवाहिक जीवन खतरामा !

काठमाण्डौ, ११ असोज।फुटबलर डेभिड बेकह्याम र मोडल, गायिका तथा फेसन डिजाइनर भिक्टोरिया बेकह्यामको वैवाहिक जीवन खतरामा परेको खबर सार्वजनिक भएको छ ।
‘डेलिस्टार डट को डट युके’ ले लेखेअनुसार डेभिड–भिक्टोरिया बेकह्यामबीच एक पार्टीमा झगडा भएको थियो । व्यवसायीसमेत रहेकी भिक्टोरियाको डिजाइन हाउसले आयोजना गरेको पार्टीमा उनीहरुबीच तल्लोस्तरको सम्बोधनसहित झगडा भएको बताइन्छ । उनीहरुबीच एकअर्कामा तँ–तँ र म–मको सम्बोधन भएकाे थियाे ।
त्यस्तै, ‘द सन’ नामको पत्रिकामा प्रकाशित भएको समाचार अनुसार मेहनती भिक्टोरिया खुबै दुःख गर्छिन् । तर, फुटबलबाट सन्यास लिएर फुर्सदमा रहेका डेभिड भिक्टोरियामाथि हावी हुन थालेपछि उनीहरुबीच तनाव बढ्न थालेको थियो । समाचारमा भनिएको छ,‘परिश्रमले गर्दा भिक्टोरियामा तनाव बढ्छ । यो कुरा कामै नगरी बस्ने डेभिडले बुझ्दैनन् र रवैया देखाउँछन् । त्यसैले यी दुईबीच असमाञ्जस्य स्थिति आएको हो ।’