लण्डन १२ असाेज । बैठकले काठमाडौंमा हुने एनआरएनएको विश्व सम्मेलनका लागि एनअारएन यूकेले ४ हजार पाउण्ड सहयोग गर्दै स्पोन्सर बन्ने भएकाे छ । अाइतबार ह्यारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा सम्पन्न सम्पन्न कार्यसमितिकाे पहिलाे बैठकले यस्ताे निर्णय गरेकाे हाे । बैठकले सातौं विश्व सम्मेलनमा काठमाडौंमा सहभागी हुने यूके प्रतिनिधीको अन्तीम टुंगो लगाउने जिम्मा अध्यक्ष मुछेत्र गुरुंगलाई दिएको छ । सम्मेलनमा बेलायतबाट एक सय बढि प्रतिनिधी सहभागी हुंदैछन ।
अध्यक्ष मुछेत्र गुरुंगको अध्यक्षतामा बसेकाे बैठकले संस्थाको कार्यसञ्चालनलाई थप सहज बनाउने उद्धेश्यले सबै पदाधिकारी संलग्न सचिवालय समिति पनि गठन गरिएको छ । बैठकले नयां संविधानमा गैरआवासीय नागरिकताको व्यवस्था हुनुलाई सकारात्मक भन्दै आफुहरुको माग अनुसारकै नागरिकता निरन्तरताको लागि पहल जारी राख्ने निर्णय गरेको छ ।
संविधान जारी भएको खुशियालीमा तय गरिएको दिपावली कार्यक्रम आन्तरिक मतभेदका कारण स्थगित गरेको एनआरएन यूकेले नयां संविधानको स्वागत भने गरेको छ । आइतबार बसेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले गतसाता जारी संिवधानलाई स्वागत गर्ने औपचारिक निर्णय गरेको हो ।
त्यस्तै बैठकले निवर्तमान अध्यक्ष महेन्द्र कंडेललाई सम्पुर्ण सहयोगका लागि धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।
नेपालमा संिवधान निर्माणको अन्तमि चरण र त्यसयता देखिएको भारतीय हस्तक्षेप र अषेषित नाकाबन्दीप्रति खेद जनाउंदै एनआरएन यूकेले यसको समाधानका लागि कुटनिितक पहल गर्न नेपाल सरकारलाई सुझाएको छ ।
विश्वसम्मेलनकाे लागि यूकेबाट ४ हजार पाउण्ड






