पुनर्निर्माण प्राधिकरणमा मोर्चा पनि सहमत

Madeshi-Morcha-Meetingकाठमाडौं- भूकम्पपछिको पुनर्निर्माण र पुनर्बासका लागि सरकारले तयार गरेको पुनर्निर्माण प्राधिकरण विधेयक पास गर्न मधेसी मोर्चा पनि लचिलो भएको छ ।

मोर्चाले प्राधिकरण पास गर्न संसदमा सहयोगी भूमिका खेल्ने भएको छ । मोर्चा र कांग्रेससहितको त्रिपक्षीय बैठकमा विधेयक पास गर्ने सहमति भएको हो ।

मोर्चाले भने संसदमा पेस हुने पुनर्निर्माण प्राधिकरण सम्बन्धी विधेयकका लागि संसद बैठकलाई सहज बनाउने सहमति जनाएको छ । भूकम्पमा भत्किएका संरचना पुनर्निर्माणका लागि काम गर्न ल्याउन लागिएको विधेयकमा आफूहरुको सहयोग रहने संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।