एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र एमाले नेता माधवकुमार नेपालबीच मंगलबार भेटवार्ता भएको छ ।
लाजिम्पाटस्थित दाहाल निवासमा बिहान भएको भेटमा दुबै नेताबीच करिब डेढ घन्टा कुराकानी भएको थियो । नेपालनिकट स्रोतका अनुसार संविधान लेखनका विषयमा नेताद्धयबीच छलफल भएको थियो ।
नेता नेपालले संविधानका विवादित विषयमा सहमति हुन नसके संविधानमा फरक मत राखेर भएपनि अगाडि बढ्न दाहालसँग आग्रह गरेका थिए । दाहालले भने सहमतिकै आधारमा संविधान जारी गर्दा दीगो हुने धारणा राखेका बताइएको छ ।
भेटवार्तापछि दाहाल र नेपाल दुबै एउटै गाडीमा नेकपा–माओवादीका नेता मोहन वैद्य किरणलाई भेट्न थापाथलीस्थित नर्भिक अस्पताल पुगेका थिए ।
दाहाल र नेपालबीच भेटवार्ता






