काठमाण्डाै २० असाेज । आफ्नो स्वार्थ सिद्ध गर्न नपाएर भाउन्नीएको भारतले तत्काल नाकाबन्दी हटाउने छाँट नदेखिएपछि नेपालमा तत्कालको समस्या समाधान गर्न हवाइमार्गबाट इन्धन आपूर्ति गरिने भएको छ । नेपाल आयल निगमले अल्पकालिन रुपमा जहाजमार्फत र दीर्घकालिन रुपमा उत्तरी छिमेकी चीनबाट तेल ल्याउने विकल्प खोज्ने निर्णय गरी कार्यान्वयन अगाडी बढाएको छ । सरकारले विकल्प खोज्न नेपाल आयल निगमलाई पत्र पठाए पठाएपछि निगमले बुधबार यस्तो निर्णय गरेको हो । वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधवार पत्र पठाउँदै पेट्रोलियम पदार्थ आयातको विकल्प खोज्न निर्देशन दिएको थियो । निगमले आफ्नो विकल्प र तत्कालको कार्यान्वयनको योजना वाणिज्य तथा आपूर्तीमन्त्रालयमा पठाएको थियो । स्रोतका अनुसार चीनबाट तेल ल्याउन चिनियाँ कम्पनीसँग छलफल अघि बढाउने योजना समेत समेटिएको छ । ‘तेल ल्याउनका लागि पहिलो चरणमा चीनको तेल आपूर्तिकर्ता कम्पनीसँग निगमले छलफल गर्ने योजना रहेको बताइएको छ । चीनले पाइपलाइनमार्फत ल्हासासम्म पेट्रोलियम पदार्थ वितरण गरिरहेको छ भने सिगात्सेसम्म रेलमार्फत तेल ल्याइरहेको छ । स्रोतका अनुसार चीनबाट तेल आपूर्तिका लागि सम्भाब्यता अध्ययनका लागि तत्कालै प्राविधिकसहितको टोली पठाउनुपर्ने समेत निगमले बनाएको योजनामा उल्लेख छ । तत्कालको समस्या समाधान गर्न बंलादेश लगायत चीनबाटै हवाइमार्गबाट इन्धन ल्याउने तयारी भएको स्रोतको भनाइ छ ।
हवाइमार्गबाट आउने भयो नेपालमा इन्धन






