दशैंमा सबै घर जान पाइने : लामो दुरीका गाडीलाई तेल अभाव हुन नदिइने

Nepal-Busभरत पाण्डेय

काठमाण्डौ २० असाेज । नेपाल आयल निगमले लामो दुरीका सवारी साधनलाई तेल अभाव हुन नदिने भएको छ । दशैंको समय भएकोले टाढा टाढा सम्म पुग्ने यात्रुहरुलाई घरमा जान समस्या हुन नदिनका लागि निगमले लामो दुरीका सवारी साधनलाई तेल उपलब्ध गराउने भएको हो । ‘दशैंमा सबैलाई घर पठाउन सहजताका लागि आन्तरीक व्यवस्था गर्दै छौँ ’ निगमका प्रवन्ध निर्देशक गोपाल खड्काले भने ‘लामो दुरीका गाडीलाई दुइ दिन पछि तेल उपलब्ध गराउँछौँ ।’
भारतले पारबाहन सन्धि विपरीत नाकान्दी गरेर नेपाललाई इन्धन आपूर्तिमा समस्या उत्पन्न गरेपछि नेपालीहरुको महान चाड दशैंमा घर जाने यात्रुहरु चिन्तित बनेका छन् । त्यसको समस्या समाधानका लागि निगमले आन्तरीक व्यवस्था गर्न लागेको हो । ईन्धन आपूर्तिमा समस्या भएकै कारण दशैं भित्रनै लाग्दा पनि अग्रिम टिकट बुकिङ्ग हुन सकेको छैन ।
निगमले तेल उपलब्ध गराउने भनेपनि अग्रीम टिकट बुकिङ्गको संभावना भने नभएको यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताए । तर उनले दैनिक गुड्ने सवारी साधनलाई व्यवस्थीत गरेर सेवा दिने बताए । ‘अग्रिम दिने संभावना त छैन तर अब दैनिक सवारी साधनलाइ्र्र थप व्यवस्थित बनाउने तैयारी हुँदै छ ।’ उनले भने ‘तर डे टु डे गुड्ने गाडीलाई व्यवस्थित गरेर सेवा दिन हामी तयार छौँ, सबै क्षेत्रले सहयोग गर्नुप¥यो ।’
उनले तर दशैंमा अतिरीक्त गाडी आउन नसक्ने भएकोले पनि व्यवस्थापनमा सबै पक्षको सहयोगको अपेक्षा राखे । ‘मेची महाकालीका कुनै पनि सडकमा बाटो बाटोमा तेलको व्यवस्था गरी तेल सकियो भने तत्काल उपलब्ध गराउने व्यवस्था हुनुप¥यो’ उनले भने ‘ग्यारेजमा थन्काएका गाडी निकालेर चलाउने व्यवस्था गरी सबैले एकदमै सहयोग गनुर््पर्छ ।’
सिटौलाले नाकाबन्दीका कारण यातायात व्यवसायीहरुको लगानी डुपेपनि मजदुरले तलव खान नसक्ने अवस्था आएपनि देशको राष्ट्रिय संकट भएकोले समस्या समाधानका लागि हरसंभव उपाय अपनाईने उनले बताए ।
भारतले नाकाबन्दी पछि पनि पटक पटक झुक्याएपछि सरकारले बैकल्पिक उपायबाट ईन्धन ल्याउने भएको तयारी गरेको छ । भोली सूचना निकालेर तेल आपूर्तिको प्रकृया अगाडी बढाउने आयल निगमले बताएको छ । ‘सँधैभरी यस्तो समस्या भईराखेपछि बैकल्पिक उपायबाट आपूर्तिका लागि भोली सूचना निकाल्दै छौँ ।’ निगमका प्रवन्ध निर्देशक गोपाल खड्काले भने ।