सम्पादकमा एभरेष्ट गौतम नियुक्त (भिडियो सहित)

लन्डन– पत्रकार एभरेष्ट गौतम बेलायतबाट सञ्चालित लन्डन नेपाल न्यूज डट कम को सम्पादकमा नियुक्त भएका छन् ।

लन्डन नेपाल न्यूज डट कम सञ्चालक समितिले, बेलायतमा बिभिन्न माध्यमबाट सक्रिय रुपमा पत्रकारिता क्षेत्रमा सहभागि रहदै आएका गौतमलाई लन्डन नेपाल न्यूज डट कमको सम्पादकमा नियुक्त गर्ने निर्णय गरेको हो । प्रधान सम्पादक शिव भण्डारी तथा प्रबन्ध निर्देशक राजकुमार त्रिपाठीले गौतमको आबद्धताले लन्डन नेपाल न्यूज डट कमलाई थप उचाई प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।ev1

भण्डारी र त्रिपाठीले लन्डन नेपाल न्यूज डटकमलाई अझै परिस्कृत र चुस्त बनाउँदै लैजाने जानकारी दिएका छन् । सञ्चालक समितिले आगामी दिनमा अडियो, भिडियो सहित मल्टि मिडियाको प्रयोगलाई पनि बढाउँदै लैजाने योजना बनाएको छ । एभरेस्ट गौतम बेलायतको नेपाली समाजमा सक्रिय मानिन्छन् ।

गौतम बुद्धको जन्म नेपालको लुम्बिनी मै भएको हो भनि प्रचार प्रसार अभियान होस् वा भारतीय नाकाबन्दी बिरुद्ध, प्रधानमन्त्री नरेन्द्र मोदीको बेलायत भ्रमणका अवसरमा गरिएको विरोध कार्यक्रम लगायत, लन्डनको बिस्व प्रसिद्द लर्डसमा गत वर्ष सम्पन्न एमसीसी (मार्लेबोन क्रिकेट क्लव) र नेपाली क्रिकेट टिम बीचको मैत्रीपूर्ण ऐतिहासिक खेल सफल बनाउन प्रचारप्रसार लगायत जन-सम्पर्क संयोजकको रुपमा आफ्नो भूमीका निभाएका थिए l

नवनियुक्त सम्पादक गौतमले बेलायतबाट प्रसारित प्रमुख समाचार तथा बेलायतका नेपाली गतिविधि समेटेर लन्डन नेपाल न्यूज मार्फत नयाँ वर्ष २०१७ देखि साप्ताहिक कार्यक्रम ‘एभरेष्ट बाट लन्डन गतिविधि’ प्रसारण गर्दै आएका छन् ।

पत्रकार गौतमले बेलायतको नेपाली समुदायलाई उपयुक्त सामग्री पठाई सहयोग गरिदिन हुन् आग्रह समेत गरेका छन् ।

https://www.youtube.com/watch?v=SXU5hP8Q_TU&feature=youtu.be